एनआरएनए दक्षिण कोरियाको सातौँ अधिबेशन नजिकिँदै गर्दा सामाजिक क्षेत्रमा अघुवा ब्याक्तित्व यदु लामिछानेले उपाध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् ।
समाजसेवामा अग्रसर लामिछाने नेपालमा प्रसासनिक क्षेत्रमा लामो समय काम गरेको अनुभव साथै लायन्य कल्ब अफ पारिजातमा कोषाध्यक्ष हुँदै सचिव पदमा रहेर काम गरेको अनुभव छ।
गोरखा जिल्लाका स्थाई बासिन्दा लामिछाने नेपाल गोरखा परिवार दक्षिणकोरियाको पुर्व सचिव हुँदै अध्यक्ष पदमा सफलताका साथ कार्यभार सम्हालिसकेका छन् । उनि हाल नेपाल गोरखा परिवार दक्षिण कोरियाको सल्लाहाकार हुन् ।
उनले गोरखा परिवार वेलफेयर फाउन्डेसन खोल्न महत्वपुर्ण भुमिका निर्बाह गरेका छन् । वेलफेयर फाउन्डेसनले जिल्लाका द्वन्द पिडित तथा अनाथ असाहय बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। बिभिन्न संघ सस्थामा एवं सामाजिक क्षेत्रमा रहेका लामिछाने दक्षिण कोरियाका बिभिन्न संघ संस्थालाई एकजुट बनाई यहाँका समस्या निराकरण गर्न हरपल लाग्नुनै मुख्य उदेश्य रहेको बताउछन ।साथै आपत्कालिन राहतकोष निर्माण गरि कोरियामा दु:ख परेका नेपाली हरूलाई सहयोग गर्ने पनि उनको मुख्य उदेश्य छ ।