एनआरएनए दक्षिण कोरियाको अध्यक्षमा ४ जनाको उम्मेदवारी घोषणा

कोरिया समाचार

सोल- गैह्र-आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको अध्यक्षका लागि ४ जनाले उम्मेद्वारी घोषणा गरेका छन्। आगामी सेप्टेम्बर २१ र २२ का लागि तय गरिएको संघको सातौँ अधिवेशनका लागि अध्यक्ष पदमा यज्ञराज सुवेदी, विपिन गुरुङ, बुद्धि गुरुङ र लक्ष्मी लामा गुरुङले उम्मेद्वारी दिने घोषणा गरेका हुन्।

यी मध्ये लक्ष्मी लामा गुरुङले दोस्रो कार्यकालका लागि उम्मेद्वारी घोषणा गरेकी हुन्। त्यस्तै अधिवेशनका लागि अन्य पदहरुमा पनि उम्मेद्वारी घोषणा गर्ने क्रम चलिरहेको छ।

आईसिसी सदस्यमा ओम जुगजाली मगर, संघको वरिष्ठ उपाध्यक्षमा अमृत राई, जीवन थापा र शिव रेग्मीले उम्मेद्वारी घोषणा गरेका छन्। त्यसैगरी उपाध्यक्षमा संजीव राई, ईश्वर रोकाय, सोम तामाङ, यदु लामिछाने र अबिका पार्कले उमेद्वारी दिने बताएका छन्।

महासचिवमा विमल सुवेदी, धर्मराज जोशी र भिमराज चेम्जोङले उमेद्वारी घोषणा गरिसकेका छन्। त्यसैगरी सचिव पदमा सन्तोष कुमार राई, किशोर कोईराला, रोसन भट्टराई र टंक गौतमले उम्मेद्वारी घोषणा गरेका छन्।

सामाजिक संजालमा उम्मेद्वारहरु र तिनका समर्थकले आफ्ना उम्मेद्वारलाई विजयी गराउन अपिल गरिरहेका छन्।

अधिवेशन नजिकिँदै जाँदा पनि संघले भने अहिलेसम्म निर्वाचन मण्डल निर्माण गर्न सकिरहेको छैन्। संस्थाका पदाधिकारीले समय दिन नसक्दा पूर्ण बैठक बस्न ढिलाई भएको संघकी अध्यक्ष लक्ष्मी लामा गुरुङले बताइन्।

संघले अहिले मतदाताको सदस्यता फाराम संकलन गरिरहेको बताउँदै गुरुङले केही दिन भित्रै निर्वाचन मण्डल पनि निर्माण हुने बताइन्।

Napallive.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *