नेपालीहरुको रेमिट स्टार रेमिटले तीजको अवसर पारेर पैसा पठाउनेलाई साडी उपहार दिने भएको छ । यो महिनाको अगस्त १० तारिख सम्म पैसा पठाउने मध्येबाट २० जनालाई साडी उपहार दिईने छ ।
पहिलोपटक पैसा पठाउदा ५ हजार वन सेवा शुल्क समेत निशुल्क दिदै आएको स्टार रेमिटले नेपालीहरुको लागि विभिन्न अफरहरु सार्वजनिक गर्दै आएको छ । नेपालीहरुको रेमिट भएकोले स्टार रेमिटबाट पैसा पठाई सहयोग गर्न रेमिटले कोरियामा रहेको नेपालीहरु अनुरोध गरेको छ । कोरियाबाट नेपाल पैसा पठाउदा नेपालमा पाउनेले चाहेकै ठाउँमा उपहार उपलब्ध हुनेछ । विजेताको नाम आगामी १४ तारिख स्टार रेमिटको पेजबाट लाईभ घोषणा गरिनेछ ।
यो पनि पढनुहोस
कृष्ण गण्डकी समाज दक्षिण कोरियाद्वारा आयोजित “भेटघाट तथा रमाईलो बनभोज कार्यक्रम” भब्यताका साथ सम्पन्न
हाम्रो चाहना ,समृद्ध समाज निर्माणको परिकल्पना “ भन्ने मूल नाराका साथ एउटै माटो , प्रकृति र एउटै हावापानीमा हुर्केको तपाई हामी आफ्नो देशमा रोजगारीका अवसरको कमि महशुस गर्दै आफ्नो श्रम र पसिनाबाट परिवार ,समाज र समग्र राष्ट्रको सकारात्मक समृद्धि एवं सुखी जीवनको परिकल्पनाको सिलसिलामा साविकको कृष्ण गण्डकी र हालको कालिगण्डकी गा.पा. बाट कोरीयाको विभिन्न क्षेत्रमा कार्यरत हामी सबैलाई आज कृष्ण गण्डकीसमाजले एउटै परिवारको रुपमा गोलबद्ध बनाउदै गर्दा कृष्ण गण्डकी समाज दक्षिण कोरीया द्वारा आयोजित दोस्रो भेटघाट तथा रमाईलो बनभोज कार्यक्रम धुमधामका साथ सम्पन्न भएको छ।
कालिगण्डकी गा.पा. बाट आउनु भएका सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयतासँगै सम्बन्ध अझ बलियो बनाउने उद्वेश्यले यस संस्थाद्वारा आयोजना गरिएको रमाइलो वनभोज कार्यक्रम २०१९ अगष्ट ०३ (शनिवार) र ०४ (आईतबार) दुई दिन का दिन 용인 स्थित 황토그린빌리지펜션 सुविधासम्पन्न रिसोर्टमा भव्यताका साथ अधिकतम कालिगण्डकीवासी एवं स्याङ्जाको विभिन्न ठाँउबाट कोरीयामा रहनु भएको महानुभावहरु र अन्य जिल्लाका महानुभावहरुको सहभागितासँगै सम्पन्न भएको छ ।
कोरियन तथा नेपाली स्वादिष्ट परिकारहरुको साथमा सम्पन्न सो कार्यक्रममा कोरीयाको विभिन्न क्षेत्रबाट ७० जनाको उल्लेख्य सहभागिता रहेको थियो । संस्थाका अध्यक्ष बिजय थापाको सभापतित्वमा सचिव हरी न्यौपानेले कार्यक्रम संचालन गर्नु भएको थियो सो कार्यक्रममा स्याङ्जा परिवार र कृष्ण गण्डकी समाजका बरिष्ठ सल्लाहकार साथै नेपाल मगर सँघ कोरीयाका सल्लाहकार गुन बहादुर राना प्रमुख अतिथि, स्याङ्जा परिवार द. कोरीयाका अध्यक्ष युवराज गुरुङ् बिशिष्ट अतिथि, बरिष्ठ उपाध्यक्ष पुर्ण गुरुङ् , सचिब भक्त थापा सल्लाकार अनिल गिरी , सपना शर्मा , निवर्तमान सचिव बोम्जन गुरुङ संगै अन्य अतिथिहरुको उपस्थित रहेको थियो