नियम विपरित रकम असुल्ने मेनपावरमा छापा

मुख्य समाचार

वैदेशिक रोजगार व्यवसायी कम्पनी म्यानपावरहरुले ठगी गर्ने गरेको गुनासो अझै उस्तै छ। निःशुल्क भिसा र टिकटमा समेत रकम लिइ ठगी गर्ने प्रवृत्ति अहिले पनि कायमै छ । शुक्रबार वैदेशिक रोजगार विभागको एक टोलीले फ्री भिसा फ्री टिकेटमा युएई पठाउन १ लाख १५ हजार उठाउने सामाखुशीको शिवाकोटी मेनपावरमा छापा मारेको छ ।

शिवाकोटी मेन पावरले युएईको फ्री भिसा फ्री टिकेटलाई समेत नियम बिपरित १ लाख रुपैयाँ बढी उठाएको छ । ताप्लेजुङ घर भएका पासाङ लामा र प्रकाश शेर्पालाई मेनपावरका कर्मचारीले १ लाख १० हजार माग गरिरहेको सूचना न्युज २४ मा आयो। त्यसपछि बैदेशिक रोजगारमा खबर गरियो र बैदेशिक रोजगार बिभाग र न्युज २४ को टिमले स्टिङ गरेको थियो ।

मेनपावरका कर्मचारीले कहिले मेनपावरमा बोलाएको त कहिले अन्य बिभिन्न स्थानमा बोलाएका थिए। विहीबार नै युवाहरुले बुझाउने पैसाको फोटोकपी गरिएको थियो त्यही प्रमाण देखाउदै बसपार्कको बिजी मल अगाडि मेनपावरका कर्मचारीले रकम बुझ्दा बुझ्दै बैदे शिक रोजगार बिभागको टोलीले रंगेहात पक्राउ गर्यो । मेनपावरले पैसा नदिए रद्द गरिदिने धम्की समेत दिएको पीडित युवाहरुले बताएका छन् ।

रकम बुझ्दा रंगेहात पक्राउ परेका व्यक्तिले मेनपावरका कर्मचारीले पैसा लिन आफ्नै मोबाइल सहित पठाएको बताएका छन् । बैदेशिक रोजगार बिभागले १० हजार भन्दा बढी सेवा शुल्क लिन नपाउने भएपनि मेन पावरले १ लाख १० हजार लिएकोको कारण शिवा कोटी मेनपावरलाई कारबाहीको दायरामा ल्याइने बिभागले बताएको छ ।

शिवाकोटी मेनपावरका सञ्चालकले भने रकम माग नगरेको जवाफ दिए । राजन पौडेल नामक शिवाकोटी मेनपावर कै एजेन्टले पैसा माग गरिरहेको प्रमाण समेत युवाहरुले दिएका छन् । शुक्रबार उडान तय भएका अन्य सात जना बाट समेत शिवाकोटी मेनपावरले नियम बिपरित १ लाख १० हजार लिएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *