किशन गौतम ।
गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ( एनआरएन) कोरियाको अधिवेशन मिति यहि आउदो सेप्टेम्बर २१ र २२ तारिखको लागि तय भैसकेको अबस्थामा कोरियामा चुनाबी सरगर्मी ह्वात्तै बढेको आभास भएको छ ।
एनआरएन को सदस्यता वितरण उमेद्वारी दिने लगाएतका चुनाबी माहोलले तातिरहेको अबश्थामा अध्यक्ष देखि कोषाध्यक्ष सम्मको लागि हाल सम्म २७ जना प्रत्यासीहरुले आफ्नो उमेद्वारी घोषणा गरेका छन् ।
यसरी प्रत्यासी अध्यक्षमा हाल सम्म सम्म ४ जनाको उमेद्वारी परेको छ भने सबैभन्दा धेरै सचिब पदको लागि लागि ८ जना सम्मको उमेद्वारी घोषणा भैसकेको छ । दैनिक उमेद्वारी संख्याको बढ्दो क्रमलाइ आधार मान्ने हो भने महत्वपूर्ण पदको लागि यो संख्या ४०को हाराहारीमा पुग्न सक्ने अनुमान गर्न सकिन्छ ।
प्रत्यासी उमेद्वार मध्ये धेरै नयाँ अनुहार छ भने केहि पुरानै अनुहार दोहोरिएको छ । त्यस्तै कतिपय उमेद्वार बिगतमा उमेद्वारी दिएपनि अन्त्यमा फिर्ता लिएका समेत छन् ।
सामाजिक संस्थामा आबद्व भएर सामाजिक काम गर्नु राम्रो हो तर महत्वपूर्ण कुरा के छ भने कतिपय अबस्थामा नाम र सान बटुल्नकालागि मात्र पनि संस्थामा जान खोज्ने प्रचलन पनि देखिन्छ । बर्तमान एनआरएन कोरियाको कार्यसमितिलाई हेर्नेहो भने अधिकांस महत्वपूर्ण पदमा पदाधिकारी नै छैनन् । कतिपय पदाधिकारी त दुइ चार वटा बैठक पनि बस्न नपाइ नेपाल फर्किए भने अन्तिम कार्यकाल सम्म रहने पदाधिकारी कमै देखिन्छन । यसरि बिगतलाई सरासर हेर्नेहो भने संस्थालाइ केहि दीन भन्दा पनि संस्था बाट केहि पाउन जानेहरुको लर्को बढी देखिन्छ । दुइ चार दिनको ब्याक्तिगत नाम र सानको लागि संस्थामा जान खोज्ने प्रत्यासीहरुले यो बुज्नु पर्यो कि तपाइको अनुपस्थितिमा संस्थाले कति क्षति बेहोरेको हुन्छ । त्यसकारण आफ्नो जिम्मेवारी बहन गर्न नसक्ने भए संस्थामा नआउनु नै उपयुक्त हुन्छ ।
र आर्को महत्वपूर्ण कुरा के छ भने पुनःदोहोरीन चाहने प्रत्यासीहरुले बिगतमा एकपटक आफुले गरेका प्रतिबद्वता हरु पल्टाएर हेर्नु जरुरि छ ।के कति प्रत्क्षय देखिने कामहरु आफूबाट भए वा कहाँ नेर के काम गर्न चुकियो आफैले आफैलाई समिक्षा गरि आगामी दिनमा थप केहि गर्छु नै भन्ने प्रण नगरे अब कोरियावासी नेपालीले तपाइँहरुलाई विश्वास गर्छन भन्ने बलियो आधार छैन ।
हिजोका महत्वपूर्ण प्रतिबद्वताहरु जस्तै एनआरएन लाइ बिधिबत रुपमा कोरिया सरकारमा दर्ता गर्ने , नेपाल हाउसलाइ दिर्घकालिन रुपमा संस्थागन गर्ने , बिदेशमा आर्जेको ज्ञान र शिपलाई स्वदेशमा प्रयोग गर्न बाताबरण तयार गर्ने , रेमिट्यान्स बृद्वीको निमित्त थप पहल गर्ने । कोरिया बाट पर्यटन भित्राउन बिभिन्न कार्यक्रम आयोजना गर्ने , इपिएस श्रमिकको समस्या समाधानको लागि कार्ययोजना बनाउने , आपतकालीन राहतकोष स्थापनार्थ दीर्घकालीन योजनाको शुरुवात गर्ने आदि प्रतिबद्वताहरु कहाँ पुगे यसको लेखा जोखा कोरियावासी नेपालीले पक्कै गर्ने छन् ।
कुनै पनि संस्थामा सधैभरी पदको निम्ति आकांक्षी बन्नु भन्दा पनि बिगतमा आफु पदमा बसेर के कति काम गरियो त्यसको मुल्यांकन गर्नु जरुरि छ । साथै नयाँ आउन चाहने प्रत्यासीहरुले पनि आफु त्यो पदकोलागि के कति सक्षम छु । भोलिका दीनमा मैले संस्थाको लागि केहि दीन सक्छु कि सक्दिन । यी र यस्ता कुरालाई ध्यान दिई समर्पित भएर आउन सके भोलिको एनआरएन कोरियाको भबिस्य उज्वल हुनेछ । अन्यथा उही फुस्रा नारा ,फुस्रा भाषण सुन्य काम । एनआरएन कोरियाको अर्को नाम ।
लेखक किशन गौतम हाल कोरियामा हुनुहुन्छ।