एन आर एन ए दक्षिण कोरियाको सातौ अधिवेशनको उमेदवारी घोषणा गर्ने हरुको भिड देख्दालाग्छ इ पि एस को फारम खुलेको हो कि !
दुर्लभ पोखरेल-आउँदो सेप्टेम्बर २१ र २२ गते हुन गइरहेको गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एन आर एन ए दक्षिण कोरियाको सातौ अधिवेशनको लागि उमेदवारी घोषणा चलिरहेको छ । उमेदवारी घोषणा गर्ने हरुको भिड देख्दालाग्छ इ पि एस को फारम खुलेको हो । सदस्यता फारम भर्नेहरुको भन्दा उमेदवारी घोषणा गर्ने हरुको चर्को लाईन देखिन्छ । मानाैंकी उमेदवारी घोषण नगरे कोरियाले देशै निकला गरिदिन्छ।
के हो एन.अार .एन ? को हो एन अार एन ? किन बनेकोहो यो संगठन ? के गर्न सक्छ एन अार एन कोरियाले ? भन्यकुराको ज्ञान भयकाहरु भन्दापनि एन अार एन ले अाफ्नो संजाल ठुलो देखाउन बनायको खुकुलो नियमको फाईदा उठाउदै दुइचार दिनको रमझम गर्न रुचाउने हरुको भिड बढेको देखिन्छ।
फलनाले देश बिगारो, फलानो लम्पसार पर्यो , ढिस्कानाले भ्रस्टचार गरो कलाकारले रंगसाला बनाउने ? फलानाले अस्पताल बनायर नेताबन्न खोजेको भनेर नेपाली नेता , जनप्रतिनिधितथा सामाजिक अभियान्ता हरु बिरुद्ध सामाजिक संजालहरुमा रोईलो गरेर नथाक्ने हरु अाज तिनीहरुको भन्दा चर्का कुरागर्दै म फलानो पदमा पुगे भने यो गरिदिन्छु, तो गरिदिन्छु , यति दिन मा यति काम भन्दै सामाजिक संजाल रंगाउन थालेका छन । मानैं कि यिनीहरुसगत जादुकै छडी छ । मानाैकि नेपाल हाउस को १३ करोड वन खन खन गन्नेछन , एन सि सि को भ्रस्टचारी को हो भन्नेछन । हुन्डी वालाको हिम्मत गल्ने छ । दोर्धी र मिल्ती खोलाको बिजुली बल्ने छ।
गैर अावासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती रहेका देशहरु मध्य सबैभन्दा कमजोर संगठन कोरियाको मानिन्छ । यसलाई कसरी सबल बनाउन सकिन्छ ? सस्था का लागि कसले समयदिनसक्छ?कसले कोरियाको संयन्त्रसग मिलेर कामगर्न सक्छ ? कसरी एन अार एन ए कोरियालाई साझा संस्था बनाउन सकिन्छ ? यस्ता कुराहरुमा उमेदवारी घोषणाकर्ताहरुको खासै चासो देखिदैन ।
मेरो उमेदवारी घोषणा गर्नेहरुसग कुनै बिरोध होईन । प्रवासी भुमिमा एउटा सक्षम संस्था को अावस्यकतालाई महसुस गरीदिनुहोस, अाफ्ना सिमाहरु तथा एन अार एन को सिमाहरु बुझिदिनुहोस ! लहडको भरमा दुईचार दिनको रमझम को लागि घोषणा नगरिदिनुहोस ताकी दोस्रो बैठक कोरम नपुगेको कारण स्थगित गर्न नपरोस। अतिथिको आसनग्रहण र ब्याजको खेती छोडिदीनुहोस । संस्था को लागि समयदिनसक्ने संक्षम व्याक्तीहरु जोडिदीनिहोस । ताकी गैर अावासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती कोरिया नेपाली समुदायको सुख दुख को साथी बन्नसकोस ।
लेखक हाल दक्षिण कोरियामा कार्यरत