कोरियाली मजदूर नेता भन्छन – ‘जापानले इतिहासलाई बंग्याएको छ’

कोरिया समाचार

सोल- दक्षिण कोरियाली मजदूर संगठन केसिटियुले जापान सरकारले इतिहासलाई बंग्याउन खोजिरहेको आरोप लगाएको छ ।

कोरियाली स्वतन्त्रता दिवसको अवसरमा बोल्दै केसिटियुका पदाधिकारीहरुले आवे सरकारले कोरियाको दुई देशको ईतिहासलाई तोडमोड गर्न खोजेको आरोप लगाएका हुन् ।

बिहिबार सोल ग्वान्वामुन स्क्वायरमा ५००० जतिको संख्यामा जम्मा भएका मजदूरहरुले रैली गरे जहाँ आबे सरकारले इतिहासलाई विकृत गरेको र जापान सैन्य हतियारको पछि लाग्ने गरेको आरोप लगाएका थिए ।

केसीटीयूका अध्यक्ष किम मयुंग-ह्वानले जुलुसलाई सम्बोधन गर्दै भने ‘आबे सरकार विगतका युद्धकालीन अपराधहरू बिर्सेर माफी माग्नु भन्दा आर्थिक आक्रमणमा ध्यान केन्द्रित गरिरहेको छ ।

कोरियाली जनताको माग -‘जापानले माफी मागोस’

सोल- दक्षिण कोरियाली जनताले युद्दताका जापानले गरेको मजदूर ज्यादतीप्रति माफ मागोस भन्ने चाहन्छन ।

जापानको उपनिवेशनबाट मुक्त भएको ७४ औं स्वतन्त्रता दिवसको अवसरमा बिहिबार आयोजना गरिएको कार्यक्रममा हजारौं सहभागीलेले युद्दताका जापानले गरेको श्रम शोषण र ज्यादतीप्रति माफ माग्नुपर्ने आवाज उठाएका हुन् ।

विभिन्न क्षेत्रबाट जम्मा भएका मध्ये श्रम शोषणको सिकार भएका थिए ली चुन सीक उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने -भन्नुपर्ने धेरै छ,तर अहिले मा बोल्न सक्दिन । किनकि म दिक्क भैरहेको छु ।’

जापानले कोरियाली प्रायदीप सन् १९१० देखि सन् १९४५ सम्म ३५ बर्ष उपनिवेश चलाएको थियो । सो अवधिमा भएको सबैखाले ज्यादती बारे क्षतिपुर्ती सहित जापानले माफ माग्नुपर्ने भन्दै कोरियनहरु आन्दोलन गरिरहेका छन् ।

बिहिबार भएको बिरोध र्यालीमा सहभागीहरु सोलमा रहेको जापानी राजदूताबास प्रांगण पुगेर प्रधानमन्त्री सिन्जो आबेले पीडितसंग औपचारिक माफ मागेर उनीहरुलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए ।

दक्षिण कोरियालीले विभिन्न चरणमा आन्दोलन गरिरहेका बेला जापानले भने सन् १९६५ मा कोरिया-जापान दुई राज्य बीच भएको सन्धीले दीपक्षीय सम्बन्धलाई सुधार गरिसकेको बताउंदै आएको छ ।

हटपाटी बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *