सोल-दक्षिण कोरियाली सरकारले जापानबाट आयात हुने फोहोरजन्य पदार्थमा कडाई गर्ने भएको छ।
जापानबाट आयात हुने कतिपय बस्तुहरुलाई फोहोरको डङ्गुर को उपमा दिँदै यस्ता बस्तुहरुको आयातमा कडाई गर्ने निर्णय गरेको छ ।
जापानबाट आयात हुने बिभिन्न बस्तुहरु जस्तै ब्याट्री,बिधुतिय उपकरण,टायर,खाध्य पदार्थ ,प्लास्टिकजन्य पदार्थहरुले मानविय स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने भन्दै यस्ता बस्तुहरुको आयातमा कडाई गर्ने भएको हो।
कोरियाली वातावरण मन्त्रालयका अनुसार त्यस्ता उपकरण हरु कोरियामा रिसाईकल गर्नको लागी विगतदेखी आयात भईरहेको र त्यस्ता चिजहरु अबदेखी आयात नगर्ने निर्णय मन्त्रालयले गरेको छ।
‘जापान बाट ठुलो परिणाममा फोहोरमैला र त्यस्ता उपकरण आयात भईरहेको सन्दर्भमा मन्त्रालयले नयाँ आयात निती ल्याउन लाेगेको छ।’ मन्त्रालयका अधिकारीले बताए ।
स्मरण रहोस बिगत एक महिना अगाडीदेखी कोरिया र जापानको व्यापार युद्दले एक अर्काको सम्बन्धमा चिसोपना आएको छ।
दक्षिण कोरियाली राष्ट्रपतिको भाषणले उत्तर कोरिया आक्रोशित
एजेन्सी- दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनको भाषणपछि उत्तर कोरिया आक्रोसित बनेको छ।
दक्षिण कोरियाली राष्ट्रपति मुनले सन् २०४५ सम्ममा उत्तरसँग एकता हुन सक्ने बताएपछि उत्तर कोरिया आक्रोसित बनेको हो।
दक्षिण कोरियाको यस्तो अभिव्यक्ति सार्वजनिक भएपछि उत्तरले २ मिसाइल परीक्षण गरेको थियो। यस अघि उत्तर कोरियाले दक्षिण कोरियासँग कहिल्यै वार्तामा नबस्ने समेत बताएको थियो। उत्तरको यस्तो अभिव्यक्ति सार्वजनिक भएको १ घन्टा पनि नबित्दै मिसाइल परीक्षण गरेको हो।
उत्तरले दक्षिण कोरियाका राष्ट्रपतिको भनाइलाई असहिष्णु भएको समेत आरोप लगाएको छ। ‘दक्षिण कोरियासँग वार्तामा बसेर हामीलाई कुनै पनि कुरा गर्नु छैन। न त हामी फेरि वार्तामा नै बस्ने योजनामा छौं,’ उत्तर कोरियाका कमिटी फर पिसफुल रियुनिफिकेसन अफ द कन्ट्रीका प्रवक्ताले भनेका छन्।
यो सँगै उत्तर कोरियाले थप मिसाइल परीक्षण गर्ने सम्भावना बढेको विश्लेषण हुन थालेको छ।