कोरियामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउने अभियान, सम्पुर्ण नेपालीलाई उपस्थित भइदिन आग्रह

कोरिया समाचार

दक्षिण कोरियामा एशिया राष्ट्रहरुको क्ल्चरल कार्यक्रममा नेपालले पनि सहभागिता जनाउने भएको छ । विभिन्न राष्ट्रहरुको सहभागिता रहने कार्यक्रममा नेपालले पनि भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाली मौलिक परम्पराका नृत्य, गायन प्रस्तुतीका साथै नेपालको बारेमा प्रस्तुती दिन लागेको हो ।

नेपाल टुरिजम बोर्डको सहयोग रहने उक्त कार्यक्रममा बुद्ध नेपालमा जन्मिएको र सगरमाथाको देश नेपाल चिनाउनुका साथै कोरियामा रहेका नेपाली कलाकारहरुले विभिन्न नेपाली मौलिक नृत्य, गायन तथा भेषभुषा प्रस्तुत गर्नेछन ।

विशेष गरेर कोरियामा रहेका नेपाली युवाहरुको समुह र विभिन्न नेपाली संघ सस्थालाई उक्त दिन उपस्थित भएर नेपाल र नेपालीको ठुलो उपस्थित गराई नेपालीको पहिचान देखाउन आग्रह गरिएको छ ।

यहि अगष्ट २४ तारिक ३ बजे देखि र २५ तारिक २ बजे देखि शुरु हुने २ दिने कल्चरल कार्यक्रम ट्रेन लाईन नम्वर ४ को हेवा स्टेशनको मारोनिय पार्कमा सञ्चालन हुने छ ।

कार्यक्रममा कोरियामा रहेका सम्पुर्ण नेपालीहरुलाई अन्य विदेश राष्ट्रहरु सामु सकेसम्म नेपाली झण्डा तथा नेपाली पहिचान झल्कने भेषभुषाको साथ उपस्थित भईदिन र नेपाल भ्रमण वर्ष सफल पार्न आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *