काठमाडौं– पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण र प्रस्तोता रवी लामिछानेको गिरफ्तारीको विषय संसदमा प्रवेश गरेको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई जना सांसदले यो विषयलाई प्रतिनिधिसभाको आइतबारको बैठकमा उठाएका हुन्। आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामकारवाही र समसामयिक विषयमा सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीको सम्बोधनपछि शून्य समयमा बोल्दै तत्कालिन माओवादी केन्द्रबाट बाँकेबाट निर्वाचित सांसद महेश्वरजंग गहतराजले रवी लामिछानेको समर्थनमा भइरहेको प्रदर्शनलाई गैरकानुनी, अराजक र अस्वभाविक हुल हुज्जत भन्दै निन्दा र भत्सर्ना गरे। ‘पुडासैनीको आत्महत्या प्रकरण र सोको अनुसन्धानका लागि रवी लामिछानेलाई गिरफ्तार घटनालाई लिएर के निहुँ पाउ, कनिका बोकाउ भन्ने उखानलाई चरितार्थ गर्दै गैरकानुनी, अराजक र अस्वभाविक हुल हुज्जत गर्ने कार्य भइरहेको छ। म त्यसको निन्दा र भत्सर्ना गर्दछु’, उनले भने। प्रहरीले अनुसन्धान गर्ने र अदालतले दोषी प्रमाणित गर्ने संवैधानिक र कानुनी प्रक्रिया भएको भन्दै सांसद गहतराजले यसलाई ठाडो उल्लंघन र अस्वीकार गर्दै भएका गतिविधि, क्रियाकलाप र क्रियाप्रतिक्रिया देशको शान्ति सुरक्षा, सुशासनका विरुद्ध भएको जिकिर गरे। ‘मेरो मान्छे, मेरो मन परेको मान्छे, सुनपानीको चोखो हुन्छ, अपराधी हुँदैन भन्ने मनोविज्ञानले हाम्रो समाजलाई कता लैजान्छ?’ उनले प्रश्न गरे, ‘यसले अपराधलाई दुरुत्साहित होइन प्रोत्साहित गर्छ। म यसतर्फ सरकारको ध्यानाकर्षण गर्दछु।’पूर्वएमालेबाट तर्फबाट ओखलढुंगाबाट निर्वाचित सांसद यज्ञ सुनुवारले भने पुडासैनी आत्महत्या प्रकरण र रवी लामिछानेको अभियोगबारे जनतालाई जानकारी गराउन सरकारसँग माग गरे। ‘सत्य तथ्य छानविन गरी सरकारले जनतालाई जानकारी गराओस्। कोही पनि अपराधी नउम्किउन। निरअपराधी गिरफ्तारीमा नपरुन वा सजाय नहोस्, यसतर्फ सरकार सचेत बनोस्’, उनले भने। पुडासैनीका परिवारले न्याय पाउनुपर्ने भन्दै सांसद सुनुवारले त्यसका लागि कुनै निरअपराधीलाई फसाउन नहुने जिकिर गरे।
रवी लामिछानेको गिरफ्तारीपछि चितवनमा उनको समर्थनमा प्रदर्शन भइरहेका छन्। ‘कम्युनिष्टहरु गङ्गटो हैन, कमिलोजस्तै बन्नुपर्छ’काठमाडाैँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कम्युनिष्टहरुलाई गङ्गटोजस्तो नभई कमिलोजस्तो बन्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गङ्गटो र कमिलाको उदाहरण दिँदै कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरे । “गङ्गटोले आफ्नै अभिभावकलाई देख्न सहँदैन, सिध्याउँछ, कमिलोले एकताबद्ध भएर आफूभन्दा ठूलो काम गर्छ”, उनले भने, “अब कार्यकर्ता गङ्गटो हैन कमिलो बन्न सिकौँ ।” उहाँले कम्युनिष्ट विचार बोकेका मानिस भीडको पछि नलागी असल कार्य गर्न लाग्न सुझाव दिए । “अहिलेको सुखी नेपाली समृद्ध नेपाल भन्ने नारा सरकारको मात्र हैन”, मन्त्री पण्डितले भने, “यो त कम्युनिष्टको पनि हो, त्यसैले सानातिना कार्यमा नअल्झिन कार्यकर्तालाई आग्रह गर्दछु ।”
सङ्घीयताको कार्यान्वयन सफलरुपमा हुनु भनेको नेपाल समृद्धतर्फ लम्कनु हो भन्दै मन्त्री पण्डितले सबै कार्यकर्तालाई सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गरे । “हाम्रा नेता तथा कार्यकर्ता साना कुरामा अल्झिने हैन”, उहाँले भन्नुभयो, “आन्तरिक किचलो आन्तरिक रुपमै मिलाउ बाहिर नल्याउ ।” उहाँले स्थानीय तहमा कर्मचारीको अभाव छिट्टै हटेर जाने जिकिर गरे।
सरकार व्यावहारिक परिवर्तनका काम गर्दै आएको भन्दै मन्त्री पण्डितले परिणाम आउन केही समय लाग्ने बताउनुभयो । उहाँले सरकार विरोधी तत्वहरु आफैँ निरुत्साहित भएर जानेसमेत दाबी गरे। उनले आज बिहानै बागलुङ नगरपालिका–४ कुडुलेस्थित निर्माणाधीन भूमिगत शालीग्राम सङ्ग्रहालयको अनुगमन र कालिका मन्दिरको दर्शन गरे थिए ।