काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था उल्टाउने प्रयास नगर्न चेतावनी दिएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दे उनले राजसंस्थाको वकालत गर्नेहरुको सडकमा चलखेल बढेको भन्दै ज्यूँदै फालेको राजसंस्था उल्टाउने सपना नदेख्न चेतावनी दिएका हुन्। प्रतिगमनकारीहरुले सरकार अधिनायवाद तर्फ गयो भन्दै जनतामा अविश्वास, निरासा र भ्रम फैलाउने काम गरेको उल्लेख गर्दै उनले लोकतन्त्र रक्षाका लागि सरकार मैदान उत्रने बताए।उनले भने ‘ति शक्तिहरु जिउँदै हुँदा तीनलाई हामीले ठेगान लगाएका हौं। अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउछु भन्ने कुराको पनि परिकल्पना गरेर उफ्रेको देखिन्छ। यो बेमौसमी बाजा नबजाए हुन्थ्यो।’ उनले राजसंस्थावादीहरुलाई नहौसिन पनि चेतावनी दिए।
उनले भने “अहिलेको सरकारको उदारता र सयंमतालाई हेरेर केही तत्वहरु बढ्तै हौसिएको देखिन्छ। सरकारको आलोचनाको नाममा प्रणाली उल्टाउँछु भन्ने , प्रतिगमन गर्छु भन्ने , संविधान अस्वीकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन। म खुलस्त भन्न चाहन्छु संविधान लोकतन्त्र , गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु सरकारको उदारताबाट त्यस्ता क्रियाकलाप संचालन गर्ने तत्वहरु नहौसिय हुन्छ।’केही प्रतिगामी तत्वहरु सडकमा आए भन्दैमा सरकार भाग्छ भन्ने दिवा सपना नदेख्न पनि उनले सबैलाई सचेत गराए। ठुला ठुला चुनौतिको सामाना गरेर आएको पृष्टभूमि वर्तमान सरकारको रहेको भन्दै उनले राजसंस्था उल्टाउँछु भनेर सडकमा नआउन चेतावनी दिए।उनले भने “मैले एक जनाले भनेको सुने । प्रधानमन्त्री लगलग लगलग कामेका छन्। अब जाने भो भनेर। पद नगएको मैले दुनियाँमा कोही देखेको छैन्। सबैको पद कुनै न कुनै दिन जान्छ। आगामी निर्वाचन पछि मलाई पनि बस्न मन छैन । त्यसकारण निर्वाचन सम्म धैर्य गर्न म साथीहरुलाई आग्रह गर्न चाहन्छु।’
उनले सरकारको लोकतान्त्रिक अभ्यास र निष्ठामाथि अनावश्यक भ्रम फैलाउने प्रयास भएको टिप्पणी गरे। लोकतान्त्रिक विधिबाट जनताको अभिमत र विश्वासबाट वर्तमान सरकार बनेकाले जनताको हित विपरित कुनै पनि त्रुटी नगर्ने प्रतिवद्धता जनाए। उनले जनताको निरासा र तात्कालिन भल छोपेर सरकार गठन नभएको तर्फ पनि सचेत गराए।उनले भने “जनताको अभिमतबाट वर्तमान सरकार बनेको छ। यो सरकार अचानक एउटा हुईममा। जनताको निरासामाथि टेकेर बनेको सरकार होइन। तात्कालिन सेन्टिमेण्टको एउटा भल छोपेर बनेको सरकार होइन। अरुले ल्याएर दिएको लोकतन्त्रमा होइन। लोकतन्त्र ल्याउन लडेको हो। कोही भन्दा कम त्याग तपस्या र बलिदानी गरेर यस पार्टीले त्यो समर्थन प्राप्त गरेको होइन। यस पार्टीले कुनै नीतिगत वा कुनै त्रुटी र गलत कामबाट जनताको आलोचना खेप्नुपर्ने अवस्था श्रृजना गरेको छैन। अधिनायकवाद तर्फ गयो भनेर जनतामा भ्रम फैलाउने प्रयास नगरे हुन्छ ।”प्रधानमन्त्री ओलीले एक साताभित्र सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगका पदाधिकारी नियुक्त गर्ने प्रतिवद्धता पनि जनाए।
एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ।आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए। राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो।मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए। मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन्।
राजधानीको दरबारमार्गमा १० करोड लगानीमा नयाँ लाउन्ज क्लब ‘म्यागनम’ खुलेको छ। म्यागनम शुक्रबारदेखि औपचारिक रुपमा सञ्चालनमा आउँदै छ। उद्घाटन समारोहमा कुटुम्ब ब्यान्डले प्रस्तुति दिने आयोजकले जनाएको छ। लोक शास्त्रीय संगीतमा ख्याती कमाएको कुटुम्बले ‘सय थरी बाजा’, ‘सान्नानी’, ‘असारे महिनामा’, ‘झम्के फुली’ लगायत आफ्नो एल्बमका लोकप्रिय गीतहरु कार्यक्रममा प्रस्तुत गर्ने बताइएको छ। उद्घाटन कार्यक्रम साँझको ७ बजेबाट सुरु हुनेछ। कार्यक्रममा डिजे सेसन पनि राखिएको छ। सहभागीलाई नचाउन डिजे निधान, डिजे निहान र डिजे अस्मी आउनेछन्। म्यागनमलाई युवा व्यवसायी अनिशसिंह ठकुरी, कलाकार किशोर खड्का र मोडल भाष्कर बानियाँले १० कराेड संयुक्त लगानीमा खोलेका हुन्।