द्रुत गतिमा कोरिया भित्रिएको शक्तिशाली आँधी लिंङ्लिङले आज कोरियाका बिभिन्न क्षेत्रमा क्षति पुर्याएको छ ।
यो बर्षको तेर्हौ आंधी, लिंङ्लिङ जापानको ओकिनावा बाट २० देखि ३० किलोमिटर प्रतिघन्टाको दरले कोरिया भित्रिएक मौसम बिभाग केएमएले जनाएको छ । उक्त आँधीले उच्च बर्षा समेत गराएको छ ।
उक्त आंधीको चाँप ९४० हेक्टोपास्कल तथा गति ४७ मिटर प्रति सेकेन्ड छ । यो गतिले कार ,जाहाज लाइ अनियन्त्रित गर्नुका साथै रुखहरु समेत उखेलेको छ ।मौसम विभागले कोरियाका बिभिन्न टापुमा आंधीको गति ५५ मिटर प्रति सेकेन्ड सम्म भएको बताएको छ । यसले कोरियामा अझै ठुलो क्षति निम्त्याउन सक्ने भएकोले सचेत अबस्थामा रहन सुझाब दिइएको छ ।
आँधीले जेजु टापु तथा राजधानी सियोलमा समेत आँशिक क्षति पुर्याएको छ । हावाको गति जेजुमा १५० किलोमिटर प्रतिघन्टा भने सोहि समयमा सियोलमा १४० किलोमिटर प्रतिघन्टा को बेग भएको बताइएको छ ।
कोरियाको थेजनमा एकै परिवारका ४ जना मृत फेला
कोरियाको थेजन सहरमा एकै परिवारका ४ जना मृत अबस्थामा फेला परेका छन् ।
मृतक ४ जना मध्ये बुवाको शव आफु बस्ने अपार्टको बाहिर भेटिएको छ भने श्रीमती र दुइ जना छोराछोरीको शव अपार्ट भित्र भेटिएको थेजन प्रहरीलाई उद्दृत गर्दै समाचार एजेन्सी योंहापले जनाएको छ ।
प्रहरीले मृतक बाबुको खल्तीबाट एउटा सुसाइड नोट पनि फेला पारेको छ । उनि अपार्ट बाट हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।
घटनावारे प्रहरीले बिस्तृत अनुसन्धान गरिरहेको बताएको छ ।
हेल्लो नेपाल कोरिया डटकम बाट