एन आर एन ए कोरियाको महाधिवेशन नजिकिदै, सुवेदीको पक्षमा देखियो जनलहर

कोरिया समाचार

राजु श्री /कोरिया,एन आर एन ए कोरियाको आसन्न सातौ महाधिवेशन को समय नजिकिदै गर्दा चर्चा र परिचर्चा पनि त्यसै अनुसार बढ्दै गैरहेको छ ।एन आर एन ए को बिधान अनुसार हरेक दुई बर्षमा महाधिवेशन गरिए पनि यो पटक अलिक पृथक र फरक रहेको जानकार हरु बताउछन् ।त्यसैले कोरियाको महाधिवेशन लाई सन्सार भरका नेपालीहरुले नियालेको बताइन्छ ।यो पटक एन आर एन ए कोरियाको अध्यक्ष का निमित्त बिपिन गुरुङ, बुद्धि गुरुङ र यज्ञराज सुवेदी त्रिकोणात्मक रुपमा मैदानमा भिड्ने पक्का पक्की भैसकेको छ ।

कसरी बनेको छ समीकरण ?

माथिका तिनै उम्मेदवार हरुको आ-आफ्नै दाबी ,घोषणा र माहोल रहेको बताए पनि यज्ञराज सुवेदी यो पटक ‘हेभी वेट’ का उम्मेदवार हुन् भनेर सबैले बुझेका छन् ।सुवेदी लाई उल्लेख्य रुपमा मजदुर हरुको दर्हो सहयोग रहेको जनाइएको छ ।मजदुर हरु माझ सुवेदी अत्यन्तै लोकप्रिय मानिन्छन् ।कोरियाको हरेक कुरामा राम्रो दख्खल राख्ने सुवेदी राष्ट्रपती मुन जे इनको सल्लाहकार समितिको एक सदस्य पनि हुन् ।उनले कोरियामा समस्यामा परेका हरेक नेपाली लाई विभिन्न कोणबाट सहयोग समेत गरेका छन् ।काम छोडेर बसेको अबस्थामा होस या बिरामी परेर अस्पतालको शैय्यामा रहेको अबस्थामा नै किन नहोस् आफुलाइ जानकारी पाए सम्म जस्तो सुकै समस्याको समाधान गर्न लागि पर्ने ब्यक्ती को रूपमा सुबेदीलाइ नजिकबाट चिन्ने नेपालीहरु बताउछन् ।

सुबेदीले कोरियाका विभिन्न संघ सस्थाहरु संग समन्वय गरेर नेपाली हरुको सीप र लगानी लाई नेपालमै सदुपयोग गर्न सकियोस् भनेर विभिन्न शिपमुलक तालिम र कृषि सम्बन्धी तालिम जस्ता कुराहरु मा जोड दिदै आएका छन् ।उनको पहलमा भएका त्यस्ता तालिम बाट धेरै नेपाली हरु लाभान्वित भएका छन् ।नेपाल फर्के पछि नेपालमै आत्मनिर्भर बन्न सकियोस् भन्ने उदेश्यले त्यस्ता शिपमुलक तालिमहरु आयोजना गरेको उनी बताउँछन् ।त्यस बाट धेरै नेपालीहरुले लाभ लिइसकेको छन् ।कतिपयले नेपालमा गएर त्यही तालिमबाट प्राप्त ज्ञान लाई निरन्तरता समेत दिएका छन् त्यस्ता ब्यक्ति लाइ सुबेदीले आबश्यक सामानहरु कोरियाबाट अनुदानका रूपमा उपलब्ध गराइदिएको एक नेपाली ले बताए ।सुबेदीका यस्तै सामाजिक कार्यबाट प्रभाबित हुने मजदुरको ठूलो हिस्सा उनलाइ जिताउन लागिपरेको छ ।

कोरियाको सत्तारुढ दल मिन्जु पार्टी सग पनि आबद्द रहेका सुवेदी कोरियाको उच्च प्रशासनिक क्षेत्रमा समेत ‘हेड टु हेड कनेक्सन’ राख्न सक्ने ब्यक्तिका रुपमा चिनिन्छन ।अरु जे भए पनि आफ्नो पहिलो प्रथामिकता मजदुर मैत्री एन आर एन नै हुनेछ भन्छन् ।यदि एन आर एन कोरियाको आगामी कार्यकालको निमित्त निर्बाचित भएमा कोरियाको समाजकल्याण मन्त्रालय सग सहकार्य गरेर एन आर एन ए लाई बैधानिक सस्थाको रुपमा मान्यता दिलाउने प्रतिबद्धता जाहेर गरेका छन् ।त्यति मात्र नभएर एन आर एन ए कोरियाको पहलमा संयुक्त लगानी भित्र्याउदै पर्यटन बर्ष २०२० लाई सफल पार्न आफुले सक्दो पहल गर्ने उनको योजना रहेको बताउदै आफुले बोलेका कुरा अक्षरस लागू गर्ने बाचा समेत गरेका छन् ।सुबेदी कोरियाको सत्तरुढ दलसग अत्यन्तै नजिक रहेकोले नेपाल र कोरियाको मन्त्री स्तरिय भेटघाट का लागि पुलको रूपमा समेत काम गर्ने बताए ।त्यसबाट नेपाल र नेपालीले निकै फाइदा समेत उठाउन सक्ने उनको योजना छ ।

त्यस्तै अर्का उम्मेदवार का प्रत्याक्षी बिपिन गुरुङ र बुद्धि गुरुङ पनि सुबेदीका बलिया प्रतिस्पर्धी का रुपमा रहेका छन् ।उनिहरु दुबै जना नेपाली काङ्ग्रेस निकट रहेको छन् ।बिपिन गुरुङ नेपाली काङ्ग्रेस को महाधिवेशन सदस्य समेत रहेका छन् भने उनीहरुलाइ जनसम्पर्क समिति कोरियाको समर्थन रहेको छ ।दुबै उम्मेदवार हरु ब्यापारिक पृष्ठभुमि बनाएर कोरियामा जमेर बसेका सफल ब्यबसायी समेत हुन् ।

के भन्छन् मतदाता ?

फरक राजनिती आस्था जे भए पनि यो पटक यज्ञराज सुवेदी लाई मेरो मत रहन्छ ।किनभने उनी राम्रो भिजन भएका उम्मेदवार हुन् ।हामीले अहिले ब्यक्तिको गुण हेर्नू पर्छ ।त्यसैले नेपाली काङ्ग्रेस प्रती आस्था राख्ने हामी केही साथिहरु यो पटक सुवेदी लाई मत दिने सल्लाह गरेका छौ ।जनसम्पर्क समिती कोरियामा आवद्ध एकजना मित्र ले नाम उल्लेख नगर्ने सर्तमा यो पंक्तिकार लाई सुनाए ।

त्यस्तै सौल सग निकै पातलो साइनो रहेको छल्लानाम्दो ख्वाङ्जु,मोक्पो जस्ता टाढाका ठाउहरु बाट समेत यो पटक मतदानमा सहभागी हुने भएका छन् ।

सौलमा पहिलो पटक मतदान गर्न भनेर ४ घन्टा भन्दा बढीको यात्रा तय गरेर छल्लानाम्दो बाट ७ दर्जन को हाराहारी मा साथीहरू निस्कने गुरुदत्त पराजुली ले बताए ।यो पटक एन आर एन ए कोरियाले सहि नेतृत्व पाउने भएकोले आफू मतदानमा पहिलो पटक सहभागी हुन जाने पराजुलीको भनाइ रहेको छ ।

त्यस्तै ख्यङिदोको एक बङगुर फार्ममा काम गर्ने रामेछाप का सन्तोस मगर पनि सुबेदी लाई मत दिन निर्बाचन स्थल जाने बताउछन् ।आफू बिरामी परेर अस्पतालमा बस्दा सुबेदीले ठूलो गुण लगाएका कारण आफू सहित १५ जना सदस्यता लिएका कम्पनीका साथिहरु लाई लिएर मतदानमा सहभागी हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *