किशन गौतम/शोल
जापानको समुद्र देखि शुरु भएको टाइफुन “पेइफ” ले कोरिया प्रायद्विपमा क्षति पुर्याउन सक्ने अनुमान गरिएको छ ।कोरिया मेट्रोलोजिकल एड्मिनिस्टे्रसन ( केएमए) का अनुसार हाल टाइफुन पेइफ १ हजार हेक्टोपास्कलको चाँपमा ३६ किलोमिटर प्रतिघन्टाको दरले कोरिया प्रायद्विप नजिकिदै छ ।
हाल १४ मिटर प्रति सेकेन्ड छ रहेको हावाको गति २४ घन्टामा बढ्न सक्ने अनुमान गरिएको छ ।टाइफुन पेइफ अहिले ताइवानको नजिक रहेको र उत्तरी दिशा तर्फ गति लिईरहेको हुदा यसले कोरियालाई असर गर्न सक्ने बताइएको छ ।
केएमएले भनेको छ कि ” उक्त टाइफुनले कोरियालाई के कस्तो असर पार्छ भनेर अहिले नै पूर्ण रुपमा यकिन गर्न सकिदैन ।हामीहरु उच्च सतर्कता साथ हेरिरहेका छौ ”
पुर्व अनुमान अनुसार टाइफुन पेइफले सेप्टेम्बर २२ र २३ कोरियाको दक्षिणी तथा पूर्वी क्षेत्रमा बर्षा समेत गराउन सक्नेहुदा सजकता अपनाउनु पर्ने सुझाब दिईएको छ ।
केहि दीन पहिला जापान देखि आएको आएको लिङ्लिङ् आंधीका कारण कोरियामा सयौं संरचना ध्वस्त हुनुका साथै केहि मानिसहरु हताहत समेत भएका थिए ।
एजेन्सी