(एनआरएनए)कोरियाको अध्यक्षमा यज्ञराज सुवेदी प्यानल सहित बिजय

कोरिया समाचार

दक्षिण कोरिया/सौल/गैरआवासीय नेपाली संघ दक्षिण कोरियाको अध्यक्ष पदमा यज्ञराज सुवेदी अत्याधिक मतले बिजयी भएको छ । शौलमा सेप्टेम्बर २१/२२ तारिख भएको ७ औँ अधिवेशनकमा सुवेदीले ७९४ मत ल्याएर बिजयी भएको हो । उनले एक उपाध्यक्ष र कोषाध्यक्ष पद बाहेक प्यानल सहित बिजय हुन सफल भएको जहो । आइसिसी एनआरएनए कोरियाबाट सदस्यमा ओम जुग्जाली र लक्ष्मी लामा गुरुङ निर्वाचन अघि नै निर्विरोध चयन भएको निर्वाचन आयोगले घोषणा गरेका छन । अध्यक्षको प्रतिद्वन्दी विपिन गरुंले ६५४ मत र बुद्धि गुरुंले ३१८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा दिपक पुन, उपााध्यक्ष पदमा क्रमश सोम तामाङ, सन्जिब राई र यदु लामिछाने रहेका छन ।महा-सचिवमा बिमल सुवेदी र सचिवमा राजकुमार स्याङ्तान र मनोज गौतम बिजयी भए । यसैगरी कोषाध्यक्षमा चन्द्र राना भएका छन् भने सह -कोषाध्यक्षमा सन्तोष खड्का निर्बाचित हुनु भएको छ । महिला संयोजक सुभद्र पालुहाङ र युवा संयोजकमा अरुण श्रेष्ठ निर्वाचित भएको हो । कार्य समितिको सदस्यहरुमा पनि निर्बिरोध चयन भएका छन् ।

महा अधिबेसनको उद्घाटन शत्रलाई अध्यक्ष भवन भट्टले प्रमुख आतिथ्य गरेको थियो । साथै उपाध्यक्ष कुमार पन्त र मिडल इस्ट एसिया संयोजक आर के शर्मा, आईसिसी एसिया उप संयोजक विनोद कुँवर, एसिया महिला प्यासिफिक संयोजक जुनु गुरुं, केन्द्रीय सल्लाहकार गंगा राई लगायतका महानुभावहरु आतिथ्य रहेका थिए । यस पटकको निर्वाचनमा अनलाईन प्रणालीबाट मतदान भएका र निर्वाचनमा खटिएका सम्पुर्णलाई निर्वाचन आयोग प्रमुख डा. देवी वस्नेतले बधाई तथा धन्यबाद ज्ञापन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *