आर्सनलको रोमान्चक जित

मुख्य समाचार

१० खेलाडीमा सीमित आर्सनलले एस्टन भिल्लामाथि रोमाञ्चक जित हाँसिल गरेको छ। आर्सनल विरुद्ध भिल्लाका जोन म्याकजिन २० औं मिनेटमा गोल गरेका थिए। आर्सनलका डिफेन्डर माइट्ल्याण्ड–निल्सले खेलको ४१ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएका थिए।

प्रिमियर लिगको छौटौं चरणको खेलमा आर्सनलले बराबरी गोल फर्काउन पेनाल्टी गोल कुर्न परेको थियो। प्राप्त अवसरलाई निकोलास पेपेले गोलमा परिणत गरेका थिए। आर्सनलले ५९ औं मिनेटमा बराबरी गोल गरेको थियो। तर आर्सनलको बराबरी १ मिनेट पनि टिकिने। कमजोर डिफेन्सको फाइदा उठाउँदै एस्टान भिल्लाका लागि वेस्लीले गोल गरेका हुन।

हार तर्फ उन्मूख आर्सनलले ८१ औँ मिनेटमा पुनः बराबरी गोल फर्काएको थियो। इमिरेट् स्ट्याडियममा भएको खेलमा क्यालम च्याम्बर गोल गरेका थिए। त्यसको लगतै तीन मिनेट पछि प्राप्त प्रिकिकलाई पिएरे हेनरिक औवामियाङले गोलमा परिणत गरे। औवामियाङले ८४ औं मिनेटमा गोल गरेका हुन।
जितपछि आर्सनल ११ अंक जोड्दै आर्सनल चौथो स्थार चार अंक जोडेको एस्टन भिल्ला १८ औं स्थानमा आसिन छ।

अर्को खेलमा साबिकको उप–विजेता लिभरपुरले आफ्नो अपराजित यात्रा कायमै राखेको छ। उसले चेल्सिलाई २–१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा एलेक्जेन्डर अर्नोल्ड र रोबेर्टो फिर्मिन्होले गोल गरे। चेल्सीका लागि एन्टोनी कोन्टेले गोल फर्काए। लिभरपुल १८ अंक सति शीर्ष स्थानमा छ भने ८ अंक सहित चेल्सी ११ औं स्थानमा छ।

बेन्जिमाको गोलले रियल विजयी
लयमा फकिएका करिम बेन्जिमाको गोलमा रियल मड्रिडले जित दर्ता गराएको छ। स्पेनिस ला लिगामा रियलले सेभिल्लामाथि जित दर्ता गराएको हो। बेन्जिमाले खेलको ६४ औं मिनेटमा हेडमार्फत निर्णायक गोल गरेका हुन्। रियल मड्रिडले ५ खेलबाट ११ अंक सहित तालिकको दोस्रो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *