प्रतिबन्धित सामान ल्याएको भन्दै ईन्छन विमानस्थलबाट २ जना नेपाली स्वदेश फिर्ता !

कोरिया समाचार

किशन गौतम /सउल , कोरियाको इन्छन अध्यागमन विभागले प्रतिबन्ध गरेका समान भित्राउन खोज्ने नेपाली स्वदेश फिर्ता भएका छन। गत बुधवार कोरिया प्रवेश गरेका उनीहरुले बोकेको झोला इन्छन विमानस्थलमा चेकजाँच हुदा कोरियाको अध्यागमन विभागले बर्जित गरेको समान फेला परेपछी उनीहरुलाई नेपाल फिर्ता पठाइएको हो ।

फिर्ता हुनेमा एकजना पर्यटन भिषामा कोरिया प्रवेश गर्दै गरेका र अर्का एकजना इपिएस मार्फत कोरिया प्रवेश गरी बिदामा नेपाल गइ पुन फिर्ता भएका नेपाली नागरिक रहेको कोरियाको ख्याङ्गिदो प्रहरीको लागी भाषा अनुवादक सहयोगी मुक्त गुरुङले बताए । गुरुङका अनुसार उनिहरुले मासुजन्य पदार्थ सुकुटीका साथै घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चा समेत बोकेका थिए ।

कोरियामा हाल स्वाइन फ्लूको प्रकोप देखा परेपछि विदेशबाट भित्रिने मासुजन्य पदार्थमा थाप कडाइ गरिएको छ । कुनै किसिमको फलफुल , सुकाएको वा भुटेको मासु पशुपन्छीवाट उतापादित बस्तु जस्तै मासु ,घ्यु , दुध ,दहि आदि तथा सुर्तीजन्य पदार्थमा पनि थप कडाइ गरिएको छ ।

यसैगरी इपिएस तथा अन्य प्रक्रियामा कोरिया प्रवेश गर्दै गरेका नेपालीलाई थप सजक रहन इपिएस कार्यालय ग्वार्को ललितपुरले समेत बिसेष सुचना जारि गरेको छ ।

हेर्नुहोस उक्त सुचना

ईपिएस नेपाल कार्यालयले निकालेको आधिकारीक सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *