सुकुटी र मर्चाले गुम्यो कोरियाको रोजगारी

कोरिया समाचार

सोल-रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरिया कामगर्न आएका नेपाली कामदारको रोजगार गुमेको छ।दक्षिण कोरिया सरकारले प्रतिबन्ध गरेको समान नेपालबाट कोरिया ल्याउन खोज्दा इन्छन विमानस्थलबाट उनलाई नेपाल फ़र्काइको हो।

गत बुधवार बिहान कोरिया आएका ती नेपाली कामदारले बोकेको झोला इन्छन विमानस्थलमा चेकजाँच हुदा प्रतिबन्धित बस्तु फेला परेपछि अध्यागमन विभागका कर्मचारीहरुले नेपाल फर्काएका हुन्।ती कामदार संगै एकजना पर्यटक भिसामा कोरिया प्रवेश गर्न लागेका नेपालीलाई पनि फ़र्काइएको पत्रकार किसन गौतमले हेलोनेपाल कोरियामा लेखेका छन्।

समाचार अनुसार उनिहरुले सुकुटीका साथै घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चा समेत बोकेका थिए।कोरियामा हाल स्वाइन फ्लूको प्रकोप देखा परेपछि विदेशबाट भित्रिने मासुजन्य पदार्थमा थप कडाइ गरिएको छ। कुनै किसिमको फलफुल,सुकाएको वा भुटेको मासु पशुपन्छीवाट उतापादित बस्तु जस्तै मासु,घ्यु, दुध,दहि आदि तथा सुर्तीजन्य पदार्थमा पनि थप कडाइ गरिएको छ।

कोरिया प्रवेश गराउन प्रतिबन्धित बस्तु भित्र्याउने नेपाली कामदारको रोजगारी नै गुम्ने सूचना ईपीएस शाखा नेपालले जारि गरेको सूचनामा उल्लेख छ।

हटपाटी डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *