कोरियामा पुन: शक्तिशाली आँधीबेहरी (टाईफुन) आउदै , उच्च शतर्कता अपनाउन सुझाव !

कोरिया समाचार

गुरुदत्त न्यौपाने /शउल
कोरियाली प्रायद्दिपमा ‘मिताग’ नामक शक्तिशाली आँधीबेहरी आउने प्रारम्भिक अनुमान गरिएको छ। आईतबार बिहान करिब ९ बजे फिलिपिन्स बाट ७२० किलोमिटर प्रतिघन्टाको गतिमा आईरहेको उक्त टाईफुन बुधवार सम्म कोरियाली प्रायद्दिपको उत्तर पुर्वी क्षेत्रलाई प्रभाव पार्नेगरी आउने जनाईएको छ।

कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेशन (के.एम.ए ) का अनुसार उक्त आँधीबेहरी (टाईफुन) ले कोरियाली प्रायद्दिपमा भारी बर्षा सहित अत्यन्तै शक्तिशाली वायू ल्याउने अनुमान गरिएको बताएको छ।

कोरियाको पश्चिमी भेगदेखी पूर्वी भेगमा प्रभाव पार्नेगरी गत सेप्टेम्बर २२ मा आएको शक्तिशाली टाईफुन ‘तपाह’ ले क्षतिग्रस्त पारेका संरचना पुननिर्माण हुन नपाउदै पुन उस्तै शक्तिशाली टाईफुन कोरियाले बेहोर्नुपर्ने देखिएको छ।

के.एम.ए का अनुसार उक्त टाईफुन उच्च तापक्रम (करिब २९ डिग्री सेल्सियस) संगै तेज गतिको हावाहुरी सहित आउने भएकाले यसबाट बच्नको लागी उच्च शतर्कता अपनाउन सुझाएको छ।

के.एम.ए अधिकारीका अनुसार कोरियाको पश्चिमी तथा दक्षिणी भागमा यसको प्रभाव पर्नेछ।साथै देशैभरी मौषम बदली भई शक्तिशाली हावाहुरीका साथ भारी बर्षा हुने उल्लेख गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *