‘मिताग’ नामक टाईफुनले कोरियामा वितन्डा मच्चायो,३ जना घाईते दर्जनौ भवनहरु क्षतिग्रस्त !उच्च सतर्कता अपनाउन सुझाव !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सउल
कोरियाको दक्षिणी भाग जेजुदो आसपासमा आज बुधवार आएको शक्तिशाली आँधिबेहरी (टाईफुन) मितागको कारण जेजु निवाशी ३ स्थानिय घाईते हुनुका साथै दर्जनौँ भौतिक संरचना ध्वस्त बनाएको कोरिया मौषम बिज्ञान बिभागले बताएको छ।
आन्तरिक सुरक्षा मन्त्रालयका अनुसार भारी बर्षा संगै अत्यधिक गतिमा आएको हुरीका कारण जेजु टापुमा स्कूल लगायत अन्य भवनहरुमा क्षति हुनुका साथै ३ कोरियन नागरिक घाईते भएका हुन।

बुधवारको टाईफुनका कारण जेजु टापुबाट उडने तथा त्यहा जाने करिव ३०० डोमेस्टिक र अन्तरास्ट्रिय उडानहरु रद्द हुनुका साथै करिब ३०० स्कूलहरु बन्द गरिएको थियो।
यो सिजनको अठारौँ तथा कोरियाको लागी सातौँ टाईफुन मितगले बुधवार राती कोरियाको छल्ला नाम्दो तथा छल्ला बोक्दो क्षेत्रका मोक्पो तथा ख्वाङ्जु क्षेत्रमा पनि प्रभाव पार्न सक्ने अनुमान कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेशन ले जनाएको छ।

९८५ हेक्टोपास्कल को केन्द्रिय चाप तथा २७ मिटर प्रति सेकेन्डको गतिमा कोरियाको उत्तरपुर्वी क्षेत्रतर्फ आईरहेको उक्त टाईफुनले बुधवार राती कोरियाकै बिभिन्न क्षेत्रमा प्रभाव पार्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।
के.एम.ए का अनुसार छुङ्छन मा ८० देखि १५० मिमि तथा सउल महानगरपालीकामा ३० देखि ८० मिमि पानी पर्नसक्ने अनुमान गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *