अफ्रिकन स्वाईन फ्लु को कारण फाजुका पर्यटकिय आकर्षणहरु बन्द, सङ्क्रमित क्षेत्रतर्फ घुम्दा बिशेष ख्याल गर्न सुझाव!

कोरिया समाचार

गुरुदत्त न्यौपाने /सउल
गत सेप्टेम्बर १७ मा पहिलो पटक दक्षिण कोरियाको ख्यङ्गी प्रान्तको फाजुमा पहिलोपटक देखा परेको अफ्रिकन स्वाईन फ्लू को जिवाणु कोरियाका बिभिन्न ठाउँहरुमा गरेर अहिलेसम्म करिब ११ बुङ्गुर फार्ममा देखा परेको पुस्टी भएको छ।आज बुधवार ख्यङ्गिदो प्रान्तको फाजुको जोक्सङ्ग को एक बुँङ्गुर फार्ममा उक्त फ्लू को जिवाणु देखा परेको कृषी,खाध्य तथा ग्रामिण मामिला मन्त्रालयले जनाएको छ।
परिक्षण अधिकारीहरुले बताएअनुसार आज देखिएको जिवाणु सहित गरेर अहिलेसम्म एघारौँ ठाउँमा पुस्टी भएको हो।”फ्लू जिवाणु देखा परेका सबै फार्मका बंगुरहरुलाई मारिएको छ।अहिलेसम्म करिब १,१०,००० बुङ्गुरहरु मारिसकिएको छ।जुन कोरियामा भएका जम्मा बुङ्गुरको संङ्ख्याको १% हो।” एक अधिकारीले बताए ।
फाजु स्थानिय सरकार द्वारा अफ्रिकन स्वाईन फ्लू को जिवाणुको सङक्रमण हुने खतरा भएको कारण फाजु क्षेत्रमा भएका अधिकाँश खतरायुक्त क्षेत्रका पर्यटकिय स्थलहरु केही समयका लागी बन्द गर्ने घोषणा गरेको छ।फ्लू जिवाणु नियन्त्रणमा नआउन्जेल सम्म फाजुमा भएका पर्यटकिय आकर्षण जस्तै डोरा अब्जरभेटोरी, तेस्रो उत्तर कोरिया ईनफिल्ट्रेशन सुरुङ,डोरासान पहाड बन्द गरिएको हो।
साथै ईम्जिन नदि वरिपरीको साँस्कृतिक तथा ईको ट्रेल कार्यक्रम सहित त्यहाको स्थानिय सरकारले फाजु साईटसियिङ टुर पनि स्थगित गरेको छ।यो जिवाणु मानव सरिरमा प्रवेश गर्यो भने यसको उपचार नभएकोले यसबाट बच्ने प्रमुख र उत्तम उपाय नै संङ्क्रमित बुङ्गुरलाई मार्नु नै हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *