कुनै पनि सार्वभौम मुलुक त्यत्तिकै चुप बस्न नसक्ने भन्दै पाकिस्तानी प्रधानमन्त्री ले दिए यस्तो चेतावनी

मुख्य समाचार

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बाध्यतावश आफ्नो सेनाले जवाफ दिएको बताएका छन् । बुधबार देशवासीका नाममा सम्बोधन गर्दै उनले दुवै मुलुकसँग भएका हतियारसहित युद्धमा गए त्यसको परिणाम कल्पना पनि गर्न नसकिने बताए ।

‘पुलवामा आक्रमणपछि मैले भारतलाई अनुसन्धानमा सहयोगका लागि प्रस्ताव गरेको थिएँ, मलाई थाहा छ, यस्तो आक्रमणका पीडित परिवारले कस्तो महसुस गर्नुपर्छ, यसकारण मैले सिधा रूपमा अफर गरेको थिएँ, हामीले हाम्रो जमिन प्रयोग होस् तर आतंकवादका लागि होइन भनेर भनेका थियौं,यदि हामीलाई प्रमाण दिइन्थ्यो भने त्यसको जवाफ दिनु हाम्रो बाध्यता हुन्थ्यो र तर भारत कारबाहीमा उत्रिन्छ, त्यसको जवाफी कारबाही गर्नैपर्छ । उनले कुनै पनि सार्वभौम मुलुक त्यत्तिकै चुप बस्न नसक्ने उल्लेख गर्दै भने, ‘चुप रहेर आफैंलाई अपराधी बनाउन सकिँदैनथ्यो, हाम्रो मुलुकमा आइन्छ भने हामी पनि आउन सक्छौं ।’ उनले बुधबारको पाकिस्तानी कारबाहीको जवाफ दिन भारतका २ मिग जहाज आफ्नो सीमामा प्रवेश गरेकाले तिनीहरूलाई खसालिएको बताए । ‘पाइलट हामीसँग छन्, म भारतलाई भन्न चाहन्छु, हामी थोरै बुद्धिको प्रयोग गरौं,’ उनले भने ।

दोस्रो विश्वयुद्धको उदाहरण दिँदै उनले भने, ‘दोस्रो विश्वयुद्धमा हिटलरले रुसमाथि विजय प्राप्त गर्ने सोचेका थिए, तर उनले रुसको चिसो बर्बादीको कारण बन्न सक्नेछ भनेर सोचेनन्, भियतनाम युद्धमा त्यत्रो वर्ष लाग्नेछ भनेर कसलाई थाहा थियो ? युद्धका विषयमा गरिएको आँकलन गलत हुन्छ ।’

उनले भने, ‘यो लडाइँ अगाडि बढ्ने हो भने, यसले कता लिएर जानेछ भनेर हामीले यो समयमा सोच्नु पर्दैन ? न मेरो, न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ । यसैले आतंकवादको विषयमा कुनै पनि तरिकाले वार्ता गर्न चाहन्छौं र यो समस्याको समाधान गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *