शोल।दक्षिण कोरियामा आएको टाइफुन मिताग कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । अन्य कैयौ बेपत्ता भएका छन् । मिट्याग टाइफुनका कारण दक्षिणी र पुर्वी क्षेत्रमा भारी वर्षा र तिब्र वेगको हावाहुरी चलेको कोरियन सञ्चार माध्यमले जनाएका छन ।

दक्षिणी शहर बुसानमा गएको पहिरोमा ४ जना पुरिएको बताइएको छ ।विनाशकारी आँधी मिट्याग बुधवार राति हेनाममा प्रवेश गरेको थियो । हेनाम हुदै बिहीवार विहान पुर्वी सागर तर्फ अघि बढेको मौषम विभागले जनाएको छ ।
त्यस्तै पर्यटकिय टापू जेजुमा पनि टाइफुनले जनजिवन प्रभावित पारेको र १ हजार ५ सयलाई सुरक्षित स्थानमा सारिएको अधिकारीले जनाएका छन् । यस्तै टाइफुन प्रभावित क्षेत्रमा विद्यूत आपुर्ती अवरुद्ध हुदाँ ४४ हजार घर परिवार प्रभावित भएको बताइएको छ ।

यो खबर हेल्लो नेपाल कोरिया डटकम मा प्रकाशित छ।