दक्षिण कोरिया गएर १ वर्षभन्दा बढी काम गरेर फर्कने व्यक्तिले स्वदेश फिर्ती अवधि समाप्ति बिमा (थ्वेजिगुम) पाँउछन्।
कोरियामा काम गर्न जाँदा रोजगारदाताले कामदारको मासिक तलबबाट ८.३% साम्सङ ह्वाजेमा जम्मा गरेको हुन्छन्। यो रकम १ वर्षभन्दा बढी कोरियामा काम गरेर अवधि समाप्त हुँदा वा स्वेच्छाले छोड्दा काम गर्नजाने सबैले फिर्ता लिन पाइन्छ। यो फिर्ता पाउन कोरियामा नै प्रक्रिया सुरु गर्न सकिन्छ।
तर यदि त्यो नगरी आएको भए पनि नेपालमा नै यसका लागि प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ। बिमा रकम फिर्ता नलिई स्वदेश फर्केमा के गर्ने, पैसा लिनको लागि कहाँ र कसरी सम्पर्क गर्ने र यसका लागि के के कागजपत्र चाहिन्छ त?
बिमाको रकम नलिई फर्केमा के गर्नुपर्छ?
कोरियाबाट फर्कँदा बिमाको रकम नलिई फर्केमा नेपालको ईपीएस सेन्टरमा बिमा रकम पाँउ भनेर निवेदन दिन सकिन्छ।
बिमा गरेर अवधि सकिएपछि पनि लिन नगए यो रकम के हुन्छ?
कोरियामा गएर साम्सङ ह्वाजेमा बिमा गरी समय अवधि सकिएको ३ वर्ष हुँदा पनि यदि सम्बन्धित व्यक्तिले दाबी गर्न नआएमा साम्सङ ह्वाजे कम्पनीबाट कोरियाको एच आर डी कार्यालयमा पठाइन्छ। तपाईले सकभर तीन वर्षभित्रै पैसा दाबी गर्न गइहाल्दा राम्रो हुन्छ।
सो अवधि सकिसकेपछी रकम फिर्ता लिन चाहने व्यक्तिले कहाँ जानुपर्छ?
कोरियामा रहँदा ईन्स्योरेन्स दाबी नगरेका व्यक्तिहरूले ह्यमेन इन्स्योरेन्स रकम लिनको लागि नेपालमा रहेको एच आर डी कोरिया ग्वार्कोमा सम्पर्क गर्नुपर्ने हुन्छ।
के के कागजपत्र चाहिन्छ?
राहदानीको फोटोकपी,नेपालको “क” वर्गको बैङ्क खाताको बैङ्क स्टेट्मेन्ट वा चेकको फोटोकपी (आफ्नै नामको बैङ्क खाताहुनुपर्छ),राहदानीमा भएको अराइभ्ड स्ट्याम्प (नेपाल फर्किएको मिति) भएको पेजको फोटोकपी भए पुग्छ।थप जानकारीका लागि:एच आर डी कोरिया,ग्वार्को,फोन नं : ०१–५५२०४४५