मन्त्री अधिकारीसहित सातै जनालाई टुँडिखेलमा श्रद्धाञ्‍जली दिइँदै

मुख्य समाचार

काठमाडौं : बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका मन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर अहिले श्रद्धाञ्‍जलीका लागि काठमाडौंको टुँडीखेलमा राखिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले टुँडिखेल पुगेर सबैलाई श्रद्धाञ्‍जली अर्पण गरिन। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे। नेकपा अध्यक्ष अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री अधिकारीलाई पार्टीको झण्डा ओढाए।

कार्यक्रममा विभिन्न उच्चपदस्त व्यक्ति, प्रतिपक्ष दल नेपाली कांग्रेस र विभिन्न दलका नेताहरु, नेकपाका नेता कार्यकर्ता, सर्वसाधारणलगायतले श्रद्धाञ्‍जली अर्पण गरिरहेका छन्। श्रद्धाञ्‍जली कार्यक्रम बिहीबार दिउँसो नै गर्ने तय भए पनि शवको पोस्टमार्फटम नसकिएकाले शुक्रबार बिहानका लागि सारिएको हो।

दुर्घटनामा जलेका कारण शव पहिचान गर्न कठिनन परेको थियो। त्रिवि शिक्षण अस्पतालमा बिहीबार राति सवा १ बजे सातैवटा शवको पहिचान गरिएपछि शुक्रबार बिहान आफन्तलाई बुझाइएको थियो।

११ बजेसम्म श्रद्धाञ्‍जलीका लागि राखेपछि मन्त्री अधिकारीको शव अन्तिम संस्कारका लागि गृहनगर पोखरा पठाउने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *