सउलको हानगाङमा आज राती १ लाख भन्दा बढी पटका पडकाईदै !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सउल
सियोल अन्तरास्ट्रिय आतिसबाजी महोत्सब भोली शनिवार कोरियाको मुटु मानिने यउईदो को हानगाङ नदि किनारमा आयोजना हुँदैछ।शान्ती र सौहार्दको लागी सन २००० देखी पहिलोपटक शुरुवात गरिएको यो उत्सब बिशेष महत्वका साथ हेरिने गरिन्छ।उत्सबको दिन १२ लाख भन्दा बढी ब्याक्तीहरुले रोमान्चक आतिसबाजी हेर्न हानगाङ किनारमा जम्मा भएर अवलोकन गर्ने अनुमान गरिएको छ।

उक्त उत्सबमा दिउसो देखी रातीसम्म बिभिन्न मनोरन्जनात्मक कार्यक्रम र प्रदर्शन तथा विश्व भरिका कलाकारहरुको प्रस्तुती सहित हान नदिको माथी रंगिचङ्गी लाखौँ पटकाहरु पडकाईने कार्यक्रम आयोजकले जनाएको छ।

हान्वा कर्पोरेशन ले आयोजना गर्ने उक्त आतिसबाजी महोत्सबमा हानगाङ नदिको माथी करिब एकलाख रङ्गीचङ्गी विस्फोटक ब्लास्ट (पटका ) पडकिनेछन साथै ६३ तल्ले भवनको मल्टिमेडिया शो पनि प्रदर्शन हुनेछ ।

कहिले हुँदैछ त ?
यो महोत्सब अक्टोबर ५ तारिख बेलुकी ४ बजेदेखी शुरु हुनेछ।

कहाँ आयोजना हुँदैछ ?
सउलको मुटु मानिने यउईदो हानगाङ पार्कमा।

कसरी जाने?
सउल सब-वे लाईन नम्बर ५ यउईनारु स्टेशन एक्जिट नम्बर ३ बाट निस्केर करिब १ मिनेट हिँडने ।

कार्यक्रम सम्बन्धी बिस्तृत बिबरण तलको फोटोमा हेर्नुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *