गुरुदत्त न्यौपाने /सउल,दक्षिण कोरियाको सबैभन्दा ठुलो आतिसबाजी महोत्सब कोरियाको मुटु मानिने हानगाङ पार्कमा केहीबेरमा शुरु हुँदैछ ।
यस बर्षको सउल अन्तरास्ट्रिय आतिसबाजी महोत्सब केही बेरमा सुरु हुने भएतापनि अहिले हानगाङ पार्कमा लाखौँको सङ्ख्यामा आतिसबाज हेर्न कोरियन तथा विदेशी नागरिकहरु तम्तयार भएर बसेका छन।यो महोत्सब हेर्न करिब १० देखी १२ लाख जना उपस्थित हुने आयोजक हान्ह्वा कर्पोरेशन ले जनाएको छ।
अत्यधिक मानिसहरुको उपस्थिती हुने भएपछी दिउसो २ बजेदेखी बेलुकी ९:३० बजेसम्म त्यस वरीपरी गाडीहरु प्रवेशमा रोक लागाईएको छ।सम्भावित भिडलाई मध्यनजर गर्दै आयोजकले ट्राफिक ब्यबस्थापनमा कडाई गरेको छ।हानगाङ पार्कको दक्षिणी भेगमा रहेको मापो पुल देखी ६३ तल्ले भवनसम्मको सम्पुर्ण क्षेत्रमा गाडीहरु निषेध गरिएको छ।
महोत्सबमा करिब १ लाख भन्दा बढी बिभिन्न रंगका ब्यालिस्टिक पटेकाहरु स्विडेनबाट आएको ६ जनाको टोली संगै चिनिया तथा कोरियन टोलीले आ-आफ्नो आतिसबाजी प्रस्तुती गर्नेछन ।बेलुकी ७:२० देखी शुरुहुने उक्त आतिसबाजी करिब ८० मिनेटसम्म चल्नेछ ।