यी हुन् बलिउडका शाकाहारी सेलिब्रिटी

मुख्य समाचार

सोनम कपुर
पछिल्ला केही वर्षयता अभिनेत्री सोनम कपुर शाकाहारी भएकी छिन्। सन् २०१७ देखि उनले दुग्धपदार्थ पनि खान छाडिसकेकी छिन्। उनी ‘भेगन डाइट’ फलो गर्छिन्। यो डाइट अनुसरण गर्नेले मांसाहारी भोजनसँगै दुग्धपदार्थ पनि त्याग गर्छन्। जनावरप्रतिको प्रेम र लगावका कारण आफू शाकाहारी भएको उनले एक अन्तरवार्तामा बताएकी थिइन्।

शाहिद कपुर
बलिउडका ‘चकलेटी हिरो’ शाहिद कपुर लामो समयदेखि शाकाहारी भोजन खान्छन् । उनी जनावरको हितमा काम गर्ने संस्था ‘पेटा’का विभिन्न अभियानमा सक्रिय रूपमा जोडिएका छन्। शाहिदका बुबा पंकज कपुरले उनलाई लेखक ब्रायन हाइन्सको किताब ‘लाइफ इज फेयर’ पढ्न दिएका थिए। त्यो पढेपछि उनले मांसाहार छोडिदिए।

आलिया भट्ट
अभिनेत्री आलिया भट्ट हालै शाकाहारी बनेकी छिन्। बुबा महेश भट्टले आफूलाई शाकाहारी बन्न प्रेरित गरेको उनले भारतीय मिडियालाई बताएकी थिइन्। मांसाहारीबाट शाकाहारी बन्दाको परिवर्तन आफूलाई मन परिरहेको उनले बताएकी छिन्।

जोन अब्राहम
मोडलबाट अभिनेता बनेका जोन अब्राहमको शरीर सुगठित छ। उनी शाकाहारी हुन्। उनले मासु नखानुको मुख्य कारण जनावरप्रतिको प्रेम हो। उनी जनावरमाथि हुने अत्याचारविरुद्ध लागिपरेका छन्।

कंगना रनोट
अभिनेत्री कंगना रनोटले सन् २०१८ बाट मासु र दुग्धपदार्थ खान छोडेकी हुन्। दुग्धपदार्थ खान छोडेदेखि एसिडिटीको समस्या हटेर गएको उनले बताएकी छिन्। एक अन्तरवार्तामा उनले आफूले दक्षिण भारतीय परिकार पकाउन सिकिरहेको बताएकी छिन्। ‘दक्षिण भारतीय खानामा शाकाहारी परिकार बढी हुन्छन्,’ उनले भनेकी छिन्, ‘विशेष गरी, नरिवलको दूधका परिकार मलाई औधी मन पर्छन्। मांसाहारी भोजन छोडेयता आफ्नो स्वभाव शान्त भएको महसुस गरेकी छु।’

सोनाक्षी सिन्हा
बलिउडमा डेब्यू गर्नुअघि अभिनेत्री सोनाक्षी सिन्हाको वजन ९० केजी थियो। ३० केजी तौल घटाएर फिल्म ‘दबंग’बाट उनले बलिउडमा डेब्यू गरेकी हुन्। आफ्नो वजन घट्नुको श्रेय उनी शाकाहारी जीवन शैलीलाई दिन्छिन्। मांसाहारसँगै उनले दुग्धपदार्थ पनि त्यागेकी छिन्।

ज्याक्लिन फर्नान्डिज
श्रीलंकन सुन्दरी ज्याक्लिन फर्नान्डिज पनि शाकाहारी हुन्। अग्र्यानिक खाना मन पराउने उनले मुम्बईमा एउटा शाकाहारी रेस्टुरेन्ट पनि खोलेकी छिन्। उनी आफ्ना परिवारका सदस्य, साथीभाइ र प्रशंसकलाई समेत शाहाकारी हुन प्रेरित गरिरहेकी हुन्छिन्।

ऋचा चढ्ढा
अभिनेत्री ऋचा चढ्ढा पनि ‘भेगन डाइट’ फलो गर्छिन्। पेटाद्वारा सञ्चालित विभिन्न अभियानसँग उनी जोडिएकी छिन्। उनी मान्छेहरूलाई शाकाहारी बन्न प्रेरित गरिरहेकी हुन्छिन्। सन् २०१४ देखि ऋचा शाकाहारी भएकी हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *