दक्षिण कोरियामा ब्यावसायिक शिप सिक्दै नेपाली युवाहरू

कोरिया समाचार

रोजगारीका लागि दक्षिण कोरियामा रहेका केही नेपाली युवाहरुले नेपालमा गएर नयाँ ब्यावसाय कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा ब्यावसायिक तालिम लिइरहेका छन् । गत सेप्टेम्बर २९ तारिखदेखी सुरु भएको तालिम यही अक्टोबर २० सम्म चल्ने छ ।

तालिमको मुख्य आयोजना सौल महानगरपालीकाको सहयोगमा गैर नाफामुलक सँस्था खाया इन्टरनेशनल र इ-एन कम्पनिले सम्युक्तरूपमा गरिरहेका छन् ।तालिम हाल राजधानी सउलको गान्नाम सहरमा तालिम सञ्चालन भैरहेको छ ।

पछिल्लो समय युवाहरू पलायन भएर देशको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्समा आश्रित भएको अवस्थामा यस्ता तालिमहरूले युवाहरूलाई देशमै केहि गर्न हौसला प्रदान गर्नेछ भन्ने आसा तालिमका भाषा अनुबादक ज्ञान सागर भण्डारीको छ ।

भाषा अनुबादक भण्डारीका अनुसार सामाजिक सञ्जाल फेसबुक मार्फत सर्वजनिक सुचना राखेर युवाहरू संकलन गरिएको थियो । पहिलो चरणको कार्यक्रममा ३० युवाहरू सहभागी हुनुहुन्छ ।

तालिममा इ-९ अर्थात बिना शिपको भिषामा कोरियामा रहनुहुने युवाहरूलाई सहभागि गराइएको छ भने कार्यक्रममा सहभागि हुन कोरिया आएको कम्तिमा एक बर्ष हुनुपर्ने प्रावधान छ । उक्त तालिम हरेक आईतवार बिहान १० बजेदेखी साझ ४ बजेसम्म संचालन भइरहेको छ । यो बर्ष सहभागि जनाउन नसकेकाहरुले आगामी बर्ष हुने कार्यक्रममा सहभागिता जनाउन सकिने आयोजकले जनाएको छ ।

थप जानकारीका लागी भाषा अनुबादक ज्ञान सागर भण्डारी(01072684050)लाई सम्पर्क गरी बुझ्न सकिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *