कोरियामा यस बर्षकै सबैभन्दा शक्तिशाली टाईफुन (आँधीबेहरी) आउँदै,सतर्क रहन मौषमबिदको अनुरोध !

कोरिया समाचार

गुरुदत्त न्यौपाने/सउल

दक्षिण कोरियामा पुन: ‘हिजिविस’ नामक शक्तिशाली टाईफुन आउने मौषम अधिकारीहरुले बताएका छन।

‘मिताग’ नामक टाईफुन आएको एकहप्ता नबित्दै पुन अर्को हप्ता ‘हिजिविस’ नामक टाईफुन कोरियातर्फ आउदै गरेको मौषम बिज्ञान बिभागले उल्लेख गरेको छ।

कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसन (के.एम.ए) का अनुसार सोमबार बिहान ९ बजे ‘हिजिविस’ को उत्तर पुर्वी ग्वाम क्षेत्रको ५५० किलोमिटर पुर्वी क्षेत्रमा २७ केपिएच को गतिमा बहिरहेको बताएका छन।

केन्द्रिय चाप ९७५ हेक्टोपास्कल रहेको उक्त टाईफुनको गति ३७ मिटर प्रति सेकेन्डको गति संगै ३५० किलोमिटर अर्धब्यास बनाएर अत्यन्तै जोड गतिमा कोरियाली प्रायद्दिप छिर्दैछ।यसको गति अझै बढदो क्रममा रहेकोले यो टाईफुन यसबर्षको सबैभन्दा शक्तिशाली टाईफुन हुनसक्ने केएमए ले बताएको छ।

“यो टाईफुनले उच्च सामुन्द्रिक तापक्रम संगै अर्को हप्तासम्म ५३ किलोमिटर प्रति मिनेट गतिमा कोरिया छिर्नेछ ” एक अधिकारीले बताए।

स्मरण रहोस गत हप्ता आएको टाईफुन मिताग ले कोरियामा लाखौँको क्षति पुर्याउनुका साथै १३ जनाको ज्यान लिएको थियो।अर्को हप्ता आउने ‘हिजिविस’ नामक टाईफुन यसबर्षकै सबैभन्दा शक्तिशाली हुने अनुमान गरिएसंगै केएमएले उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *