किशन गौतम /सउल ,कोरियामा रेल मजदुरले गरेको आमहड्तालका कारण ७२ घण्टा रेल सेवा अबरुद्व हुन् सक्ने बताइएको छ।कोरिया रेलरोड कर्पोरेसन (को-रेल) मा कार्यरत मजदुरले सेवा सुबिधा थप गरिनु पर्ने माग राख्दै शुक्रबार बिहान ९ बजे देखि सोमबार बिहान ९ बजे सम्म ७२ घन्टे आम हड्तालको घोषणा गरेका छन् ।
आमहड्तालका कारण २० देखि ६० प्रतिशत कार्गो रेल , करिब ९० प्रतिशत मेट्रो रेल , ८० प्रतिशत भन्दा धेरै द्रुत रेल सेवा (केटिएक्स ) तथा ६० प्रतिशत मध्यम तथा लामो दुरीका रेल सेवाहरु ( मुगुङ्ह्वा , से-माउल) हरु अबरुद्व हुनसक्ने कोरिया रेलरोड कर्पोरेसन (को-रेल) ले जनाएको छ ।
यातायात मन्त्रालय र को- रेलले हड्तालका कारण ठाउँ ठाउँमा रेल सेवा रोकिन गएमा यात्रुको सुबिधाको लागि मेट्रो रेल तथा केटिएक्सको संख्यामा थप गर्ने पनि बताएको छ । त्यस्तै उक्त ३ दिनको लागि यात्रुलाई सकेसम्म बस सेवा प्रयोग गर्न समेत को- रेलले अपिल गरेको छ ।
‘हामीले हाम्रो ओपरेटिङ् सर्भिस मार्फत तपाईहरु प्रयोग गर्न लाग्नुभएको रेल सेवा संचालनमा छ वा छैन भन्ने जानकारी गराउनेछौं , ओपरेटिङ् सेवा हेरेर मात्र यात्रा गर्नुहोला ” को रेलका एक अधिकारीले भने ।
कोरियामा यो पटकको रेल मजदुर हड्ताल बिगत ३ बर्ष यताकै सबैभन्दा ठुलो हो यसभन्दा पहिला सन् २०१६मा ७४ दिन आमहड्तालमा उत्रिएका थिए ।
हाल कोरियाको रेल सेवामा १९ हजार मजदुरहरु कार्यरत छन् ।
सेवा सुविधामा थप गर्नु पर्ने तथा काम गर्ने समय घटाउनु पर्ने लगाएतका माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
हेल्लो नेपाल कोरिया डटकम बाट