टंकेश लिम्बु /कोरिया,कोरियामा कार्यरत सबै कामदारहरूले सार्वजनिक विदा अर्थात रातो विदा पाउने भएका छन।कोरियन सरकारले केहि महिना अगाडि मात्र कम्पनिमा काम गर्ने कामदारहरूलाइ सार्वजनिक विदामा पनि विदा दिने निर्णय गरेको हो।
यो निर्णय संगै कोरियामा कार्यरत करिव ३५ हजार नेपालीका साथै सम्पूर्ण प्रवासी कामदारहरु लाभानवित हुनेछन्।सरकारको यो निर्णय प्रति कोरियामा काम गर्ने कामदारहरू उत्साहित छन तर रोजगारदाताहरूले भने असन्तुष्टि जनाउदै आएका छन ।कोरियन सरकारले आउदो वर्ष २०२० देखि यो नियम लागु गराउन गइरहेको छ।कम्पनिलाइ विभिन्न तिन क्याटागोरिमा विभाजित गरि यो नियम कार्यान्वयनको तयारि गरेको हो।आउने तिन वर्ष भित्र सबै कम्पनिमा यो नियम लागु हुने गरि कोरियन सरकारले निर्णय गरेको हो ।
जस अन्तर्गत आउदो वर्ष २०२० देखि तिन सय कामदार वा सो भन्दा बढि कामदार भएको ठुला कम्पनिमा यो नियम अनिवार्य रूपमा लागुहुनेछ, २०२१ देखि तिस देखि तिन सय कामदार भएको मझौला कम्पनिमा यो नियम अनिवार्य लागुहुने छ ।
त्यसैगरि पाँच जना देखि तिस जना भएको साना कम्पनिमा २०२२ देखि यो नियम अनिवार्य रूपमा लागुहुने भएको छ। चार जना वा सो भन्दा कम कामदार भएको कम्पनिको हकमा यो नियम लागु हुनै छैन ।यो नियम पालना गर्नको निमित्त सबै रोजगारदाताहरूलाइ कोरियन सरकारले जानकारि गराइ सकेको छ।
इपिएस मार्फत कोरिया आउने कामदारहरूले यस भन्दा अघि मजदुर दिवस मे १ र वार्षिक बिदा ( यन्छा ह्युगा)१५ दिन वाहेक कुनै पनि विदा दिइएको थिएन । कोरियाको कतिपय राम्रा कम्पनिहरूले रातो विदा दिए पनि अधिकांश कम्पनिहरूले रातो विदा नदिने गरेका छन।
केहि कम्पनिहरूले रातो विदा दिएपनि वार्षिक विदामा कटैति गर्ने गरेकाछन भने केहि कम्पनिले कोरियन महान चार्ड सलनाल छुसक को विदालाइपनि वर्षिक विदामा कटैति गर्ने गरेको छन् ।तर यो नियम लागु भएपछि वार्शिक विदा कटौति नगरि सबैले वार्शिक विदा पनि पाउने छन।
यदि रातो विदामा कम्पनिमा काम गर्नु परेपनि त्यो अतिरिक्त समय अर्थात ओभरटाइमको रूपमा गन्ति हुनेछ ।कोरियन सरकारको यो निर्णय प्रति कोरियामा कार्यरत मजदुरहरू धेरैनै खुशि देखिएका छन ।