नेपाली सम्पर्क समिती (एन.सी.सी) अध्यक्ष अन्जु के.सी दोङदेमुनबाट पक्राउ !

कोरिया समाचार

कोरियामा नेपालीहरुको छाता संगठन नेपाली सम्पर्क समिती (एनसीसी) की अध्यक्ष अन्जु के.सी शनिवार दोङ्देमुनबाट पक्राउ परेकी छन।

विगत लामो समयदेखी दक्षिण कोरियामा अवैधानिक रुपमा बस्दै आएकी उनलाई सिभिल ड्रेस आएको प्रहरीको टोलीले दोङ्देमुन गेट नम्बर ३ बाट पक्राउ गरेको हो ।उनी बिगत केही महिना देखी प्रहरीको निगरानीमा परेकी थिइन्।

पहिला पनि नेपाल सम्पर्क समिति पुर्ब अध्यक्ष प्रेम शाह र बर्तमान एन सि सि समिति बिच आर्थिक हिसाब किताबको विषयमा आरोप प्रत्यारोप चलीरहेको अवस्थामा पुर्ब अध्यक्ष प्रेम शाहले सामाजिक सन्जाल तथा बिभिन्न मीडियामा आफ्नो चरित्र हत्या गरेको भन्दै प्रहरीमा उजुरी समेत दिएका थिए सोही लाई आधार मानी गत बर्ष एक रेस्टुरेन्टमा प्रहरीले धरपकड पनि गरेको थियो।

यो पनि पढनुहोस

१७ दिन अगाडी मात्रै कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनामा परि मृत्यु !

गुरुदत्त न्यौपाने /सउल

रोजगारीको शिलशिलामा ईपिएस मार्फत दक्षिण कोरिया आएका एक नेपालीको आैधोगिक दृघटनाको कारण मृत्यु भएको छ।

सुर्खेत पन्चपुरी नगरपालीका २ घर भई हाल दक्षिण कोरियाको थेजनमा रहेको थेयङ गुम्सोक खोङअप कम्पनीमा कार्यरत २३ बर्षिय थिर बहादुर दर्लामी कम्पनिमा काम गर्दै गर्दा माथीबाट गरुङ्गो सामान झरेर लागेपछी गम्भिर घाईते भएका थिय।

घाईते भए लगत्तै नजिकैको हस्पिटल पुर्याएर उपचार गरिएतापनि गम्भिर चोट लागेको कारण उपचारका क्रममै आज बिहान १० बजे अस्पतालमा मृत्यु भएको सुर्खेत समाजका वरिस्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले जानाकारी दिनुभयो।

मृतक दर्लामीको मृत्यु भएको खवर सुनेपछी दुतावासमा जानाकारी गराईएको र पुलिस रिपोर्ट आईसकेपछी मात्र घटनास्थल पुग्ने दुतावास स्रोतले बताएपछि सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष,कोषाध्यक्ष तथा सल्लाहकार घटनास्थल तर्फ लागीसकेको सुर्खेत समाजका वरिस्ठ उपाध्यक्ष पुस्कर बुढाथोकीले बताउनुभयो।

मृतक दर्लामी १७ दिन अगाडी मात्रै ईपिएस मार्फत दक्षिण कोरिया आएका थिय भने काम सुरु गरेको मात्र ११ दिन भएको थियो। ८ जना नेपाली रहेको उक्त कम्पनी दोजरका पार्टसहरु बनाउने कम्पनी रहेको छ।

अविवाहित दर्लामीको नेपालमा आमाबुवा,एकजना दाई र २ जना दिदी रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *