गृहनगरमा मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली, हजारौं पोखरेली स्तब्ध (फोटो फिचर)

मुख्य समाचार

पोखरा : ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि पोखराका नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा राखिएको छ।

देशले नै होनाहार युवा नेता गुमाएको छ। गृह जिल्ला कास्कीले धेरै आशा र भरोशा गरेका युवा नेता गुमाउँदा पोखरेली स्तब्ध छन्।

देशकै निम्ति अझै धेरै योगदान गर्नसक्ने विश्वास गरिएका नेता अधिकारीको अकल्पनीय निधनले पोखरा र सिंगो देशलाई समेत अपुरणीय क्षति पुगेको छ। कास्कीमा आफ्ना प्यारा युवा नेतालाई श्रद्धाञ्जली दिन मानव सागर उत्रेको छ।

श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री, संघीय सरकारको मन्त्री, नेकपाका केन्द्रीय नेता, विभिन्न पाटीका नेताले श्रद्धाञ्जली दिइरहेका छन्।

श्रद्धाञ्जली सभामा पोखरेलीले मन थाम्न सकिरहेका छैनन्। मन्त्री अधिकारीको अन्तिम संस्कार पोखराको रामघाटस्थित सेती नदीमा हुने छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *