रोजगारको आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा कामदारको अवस्था संतोषजनक पाइएको छैन।इपीएस परीक्षा पास गरेर ठुलो सपना बोकेर कोरिया पुगेका नेपालीहरुको कमाई सन्तोषजनक नै भएपनि नेपालबाट जाँदाको कम्पनी परिर्वतन गर्न नपाइने, विदा र ओभरटाइम सम्झौता बमोजिम नपाइने, जस्ता समस्याका कारण धेरै नेपालीहरु मानसिक तनावमा देखिन्छन् ।
परिवारको आशा धेरै तर काम र कमाइ कम भएपछि उनिहरुको तनाव बढी देखिन्छ । साथै नियम मानै ३ ओटासम्म कम्पनी परिर्वतन गर्न पाइने भएपनि कम्पनी मालिकले परिर्वतन गर्ने स्वीकृति नदिने गरेकाले थप समस्यामा हुने गरेका छन् । यसैगरी नेपालीहरुले काम लगाइदिने कोठा खोजिदिने बहानामा दलाली गर्ने रोग कोरियामा झन् उच्च रहेछ । इपीएस पास गरेर कोरिया पुगेका नेपालीहरुमा डर लाग्दो तथ्य आ त्म हत्या पनि देखिएको छ । बार्षिक १५ जना सम्मले आ त्म हत्या गर्ने गरेको यहाँ कार्यरत नेपालीहरु बताउँछन् । यति मात्रै होइन नेपाल सरकारलाई नै झुक्काएर भिजिट भिषामा कोरिया पुगेर अवैध तरिकाले काम गर्ने नेपाली सँख्या पनि दिन प्रति दिन बढ्दै गएको छ । मेनपावर तथा एजेन्टहरुले भारतको बाटो हुँदै विभिन्न देश घुमाएर कोरिया पुर्याउने गरेका छन् ।
उनिहरुका समस्या झन् बढी छन् । प्रहरीले भेटेको खण्डमा नेपाल फिर्ता गरिदिने भएपछि लाखौँ खर्चेर कोरिया पुगेका उनिहरु बर्षौसम्म लुकेर नै काम गरिरहेका छन् । यसरी कोरियामा भएका नेपालीहरुका समस्या रोजगारादाता मात्र नभई कतिपय आफ्नै कारण पनि सिर्जना भएका छन् ।भने नेपाल सरकारका निकायहरुको उचित परामर्श तथा अनुगमन र उत्तम देशसँग कामदारको बिषयमा छलफल नै नभएको जस्तो देखिन्छ ।
कोरिया नेपाल अनलाईन खबरबाट