दक्षिण कोरियन पपस्टार सुल्लीको रहस्यमय मृत्यु

कोरिया समाचार

सोल । चर्चित दक्षिण कोरियन पप स्टार सुल्लीको रहस्यमय मृ त्यु भएको छ। राजधानी सोलस्थित आफ्नै घरमा २५ वर्षीया यी गायिकाले आत्मह त्या गरेको हुन सक्ने आशंका स्थानीय प्रहरीले गरेको छ।

दक्षिण कोरियामा पप गायक-गायिकालाई ‘ आईडल’ मान्ने गरिन्छ। चर्चित सामाजिक सन्जाल इन्स्टाग्राममा सुल्लीका ५० लाख बढी ‘फलोअर’ छन्। पुरा नाम चोइ जिन-री भएकी सुल्ली दक्षिण कोरियाको चर्चित पप ब्यान्ड एफ(एक्स)की पूर्व सदस्य हुन्। अभिनयमा समय बिताउन भन्दै उनले सन् २०१५ मा यो ब्यान्डबाट अलग भएकी थिइन्।

सामाजिक सन्जाल र अनलाइनहरुमा सुल्लीको व्यवहारलाई लिएर उछितो काढ्न थालिएपछि उनी पछिल्लो समय निस्कृयजस्तै थिइन्। मनमौजी स्वभावकी यी गायिका आफुले चाहेको गर्न पाउनुपर्छ भन्दै सामाजिक बन्धन र संस्कारविरुद्ध खह्रो उत्रिन्थिन्।

उनी आफ्ना समर्थक र आलोचकहरुविरुद्ध सामाजिक सन्जालमा झगडा गर्थिन्। शरिरका आफ्ना अंगहरुलाई कसरी देखाउने भन्ने कुरा व्यक्तिगत रुचीको विषय भएको भन्दै उनी ‘ब्रा नलगाइ’ सार्वजनिक स्थान र अनलाइनहरुमा देखिन्थिइन्।

दक्षिण कोरियन पप स्टार जङ्घयुनसँग सुल्लीको सम्बन्ध राम्रो थियो। जङ्घयुनले सन् २०१७ मा २७ वर्षको उमेरमा आत्मह त्या गरेका थिए।देश सञ्‍चारले यो खबर लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *