दक्षिण कोरियामा पहिलो ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड-(ईसा २०१९)’ को आयोजना हुने

कोरिया समाचार

दक्षिण कोरिया । शौल ।सामाजिक सेवामा समर्पित र समाजको लागि विभिन्न क्षेत्रमा योगदान दिंदै आएका सामाजिक अभियन्ताहरुको सम्मानार्थ ‘दक्षिण कोरियामा पहिलो पटक ‘ईन्टरनेशनल सोसिअलिज्म अवार्ड (ईसा-२०१९)’ को आयोजना हुने भएको छ ।

अवार्ड २०१९ नोभेम्बर १० मा दक्षिण कोरियाको सउलमा हुनेछ । अनलाईन मिडिया तथा क्लब फोर्टी इन्टरनेसनलको संयुक्त आयोजनामा उक्त अवार्ड कार्यक्रम हुन लागेको हो । अवार्डको लागी योग्य व्यक्तिहरु बहुविधा अन्तर्गत नोमिनेशन हुनेछ । यो किसिमको अवार्ड पहिलो पटक विदेशमा हुन लागेको आयोजकले जानकारी दिए ।

सामाजिक कार्यमा आवद्द व्यक्तिहरुको आत्मबल तथा प्रोत्साहन अझै बढाउनको लागि यो अवार्डले मद्दत पुर्याउने छ । पहिलो संस्करणमा २० विधामा यो अवार्ड प्रदान गर्न लागिएको हो । नेपालमा छनौट प्रकृया सकिएको क्लब फोर्टीका अध्यक्ष बिभु न्यौपानेले बताउनुभयो।

अब कोरियाको नेपाली समाजमा योगदान गरेकाहरुको छनौट प्रकृया आजबाट शुरु भएको छ । नोमिनेशन आवेदन, छनौट प्रकृया एक साताको समय अवधी तोकिएको छ । छनौट समिति गोप्य राखिएको आयोजकले बताए ।

उक्त ऐतिहासिक अवार्ड वितरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा उज्यालो नेपालका नायक तथा विधुत प्राधिकरणका कार्यकारी डाईरेक्टर कुलमान घिसिङ तथा सिएनएन हिरो अनुराधा कोईरालालाई आमन्त्रण गरिएको हो ।

कोरियामा रहेका एमटियू, एनसीसी, आदिवासी जनजाती महासंघ,प्रदेश ३ एकता समाज, पुर्वान्चल सरोकार समाज, सुदुर पश्चिमान्चल समाज, फोनिज कोरिया, तामाङ संघ तथा वमन फर वमन जस्ता कोरियामा रहेका मुख्य संस्थाहरुको सहकार्य रहने अनलाईन मिडियाका अध्यक्ष किशोर ब्लोन नियोगले बताए ।

उनले थपे नेपाल राजदुतावास दक्षिण कोरिया, एनआरएन कोरिया तथा पत्रकार महासंघ दक्षिण कोरियाको समेत समन्वय रहेको उक्त कार्यक्रम भव्य र सभ्य तवरले सम्पन्न हुने जनाएको छ । विभिन्न संघसंस्थाका प्रतिनिधी तथा सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थित हुन प्रचारप्रसार विभाग प्रमुख रन्जन कुँवरले अनुरोध गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *