महावीर पुनकाे नेतृत्वमा ८ करोडकाे लगानीमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

मुख्य समाचार

काठमाण्डौ – युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आवि ष्कार केन्द्रको उद्घाटन गरिएको हो । ‘राष्ट्रिय आविष्कार केन्द्र’ जनस्तरबाट साथै विदेशीहरुले सहितको झण्डै ८ करोडको लगानीमा स्थापना गरिएको हो ।

केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले दिनुभएको जानकारी अनुसार नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्र स्थापना गरिएको हो। नयाँ सोच भएका युवाहरुलाई उद्यमी बन्न प्रेरित गर्नुको साथै आर्थिक विकासमा योगदान दिने खालका कुनै पनि क्षेत्रको बस्तुहरुको उत्पादन गरेर व्यापार गर्न आवश्यक सहयोग गर्ने गरी केन्द्र स्थापना गरिएको पनि अध्यक्ष पुनले बताउनु भयो ।

हला केन्द्रमा २० वटा प्रोजेक्ट सञ्चालनमा आएका छन । ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा अनुसन्धानको काम सुरु गरिएको पनि केन्द्रले जनाएको छ। केन्द्रले हाल चितवनमा कुखुराको दाना र माछा पालनका लागि काम गरिरहेको छ । त्यसैगरी पर्यटन, कृषिका क्षेत्रमा पनि पोखरा, विराटनगर लगायतका शहरमा काम सुरु गरिएको छ ।

केन्द्रका अध्यक्ष पुनले नयाँ आविष्कारको क्षेत्रमा काम गर्न केन्द्रले शैक्षिक योग्यताको माग नगर्ने पनि स्पष्ट पार्नुभयो। उहाँले नयाँ काम गरेर उद्यमी बन्न र रोजगारीको अवसर सृजना गर्ने कामका लागि आवश्यक बजेट र सामग्रीहरुको पनि सहायता गर्ने पनि बताउनु भयो । नेपालको ग्रामीण क्षेत्रमा पहिलो पटक इन्टरनेट सेवा सञ्चालनमा ल्याएका वैज्ञानिक पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको पनि नेतृत्व गर्नु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *