अनलाईन सपिङ बाट कोरियामा नेपालीहरु ठगिदै,अनलाईन स्क्यामिङ्गको कोरियामा बिगबिगी ! होशियार!!

कोरिया समाचार

संसारमा बिकास क्रमले निक्कै फडको मारिरहेको छ।दिन प्रतिदिन नयाँ प्रविधिहरुको बिकास भइरहेको छ ।यस्ता प्रविधिको बिकास भइरहदा सकारात्मक मात्र होइन नकारात्मक रुप पनि लिने गरेको छ।केही समय समय अघि देखि सामाजिक संजालमा सहज मानिने फेसबुकमा नयाँ साथि बनाउने मात्र होइन बर्षौ सम्म बेखबर भएका साथीहरू या आफ्नो खोजाइका ब्यक्ती संग जोडिने गरिएको छ।

यसैमा दुखसुखका कुरा राख्ने,हेर्ने,पढ्ने,किनमेल गर्ने जस्ता थुप्रैकुराहरु समेत गरिदै आइएको छ।यसक्रममा नेपालीहरु पनि फेसबुक मै ब्यस्त हुने गरेको र यसैलाई दुखसुख पोख्ने सहज बाटो ठानिएका कारण पनि लाखौ नेपाली फेसबुक संग जोडिन पुगेका छ्न।कतिपयका गहकिला कुराहरु पढ्ने,रमाइलो गर्ने मात्र होइन बिभिन्न बिज्ञापनहरु देखाइने पनि गरिन्छ।जसले गर्दा तिनै बिज्ञापन हेरेर सस्तो लागे खरिद गरिने हुदा कतिपय लाइसेन्स प्राप्तहरुले बिस्वासिलो ब्यवसाय गरेता पनि अन्य लाइसेन्स प्राप्त नभएका वा कहि कतै दर्ता नभएका त्यस्ता अनलाइन पेजमा देखाइएका आकर्षक र सस्ता सामानहरुले भ्रम सिर्जना गरि खरिद्ने गरिएको छ।

यसरी आकर्षक रकमरकम राखेर प्रलोभनमा पारी देखाइएका ती प्रचारको बिस्वास गर्दा कोरियामा थुप्रै नेपाली ठगिन पुगेका छ्न।पसल भन्दा सस्तो मुल्यमा दिने भन्दै गरिएका त्यस्ता बिज्ञापन हेरेर आफुले खोजेको सामान भए खोजी खोजी हेर्ने र किन्नका लागि यस्ता ब्यवसाय गरेकाहरुले अरुको बैंक खाता समेत प्रयोग गरि ग्राहकलाई झुक्याउने गर्दछ्न।आफुले उनिहरुलाई सन्देश पठाउदा(म्यासेज गर्दा) तुरुन्त प्रतिउत्तर फर्काउने र चाडो सामान पठाइदिने भन्दै आफ्नो खाता नम्बर पठाउने गर्छ्न।ग्राहकले उसको खातामा पैसा हालेपछि भोलि आउँछ भनेर भन्ने तर सामान नै नपठाइदिने गर्दछ्न।

बारम्बार म्यासेज गरेपनी पहिले भनेको रकम अपुग भएको र अन्य कर तिरे मात्र पठाइदिने भन्दै थप रकम असुल्न खोजिरहेका हुन्छ्न।यदि ग्राहकले उसले भनेको थप रकम पठाइदिदा पनि उनिहरुले उक्त सामान नपठाइदिने बरु अन्य करको रकम नपुगेको र अझै थप्नुपर्ने भनी बहाना गर्ने गर्दछ्न।खरिद गर्ने बेलामा उनिहरुले नम्र ब्यवहार गर्ने र पैसा पाइसकेपछी अझै पैसा झिकाउन कोशिश गर्ने गर्दछ्न।ग्राहकबाट अब पैसा आउदैन भन्ने लागेपछी उनिहरु सम्पर्क बिहिन हुने गर्दछ्न।यस्तो प्रलोभन देखाउनेहरु कि त उक्त देशमा हुदैनन कि त अरुको खाता प्रयोग गरि झुक्याइरहेका छ्न।

यस्तो कार्यमा नेपाली समेत संलग्न भएको पाइएको छ,नेपालीमा कुरा गर्ने हो भने नेपाली बोल्न नपाइने र अङ्ग्रेजी नै बोल्ने नियम रहेको ती नेपालीले बताउने गर्दछन।यस्तो कार्यमा कोरियन भन्दा अन्य देशका नागरिक बढी रहेको पाइन्छ।धेरैजसो नाइजेरियन यो कार्यमा बढी रहेको पाइन्छ।यो अनलाइन दलदलमा कोरियामा पनि थुप्रै नेपाली फसेका छ्न।त्यसैले यस्ता सस्तो मूल्य देखेर बिस्वास गरि सामान खरिद गर्दा सामान पाइएन भने सबै प्रमाण सुरक्षित राखी प्रहरीमा रिपोर्ट गर्नुपर्दछ।सामान खरिद गर्दा बिचार गरेर बुझेर किन्न हुने नहुने एकिन गरि मात्र किन्ने गर्नुपर्छ नत्रभने यस्ता प्रलोभन देखाउनेहरुले फसाउलान नि,होश पुर्याउनुहोस है।सेयर गरौ।कोरिया नेपाल अनलाइन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *