कोरियन भाषाको कक्षा ६० हजार भन्दा बढी

कोरिया समाचार

सोल-दक्षिण कोरियाली नागरिकहरूले आफ्नै वर्णमाला ‘हान्गुल’ बारे गर्ब रहेको बताएका छन् । उनीहरुले यसको स्वर र व्यञ्जनको संयोजनमा गर्व रहेको बताएका हुन् ।कोरियाली भाषाको राष्ट्रिय संस्थानले गरेको एक सर्वेक्षण अनुसार ९२.१ प्रतिशतले ‘हान्गुल’ सुन्दर भनेका छन् भने ९१ .८ प्रतिशतले तर्कसंगत, र देश भक्तिभाव झल्कने बर्णमाला भएको भनेका छन् । त्यस्तै गरेर ८६ .८ प्रतिशतले संसारकै उत्कृष्ठ भनेका छन् ।

सर्भेक्षणमा सहभागी ८८ .९ प्रतिशतले ‘हान्गुल’ ऐतिहासिक भएको दाबी गरेका छन् ।२०१७ को अन्त्यसम्ममा कोरियन भाषालाई आफ्नो मातृभाषाको रुपमा प्रयोग गर्नेको संख्या ७ करोड ७२ लाख रहेको तथ्यांकमा उल्लेख छ । यो कोरियाको जनसंख्याको झन्डै दोब्बर हो । यो संख्यालाई आधार मान्ने हो भने सानो भूगोल र जनसंख्याको मातृभाषा ‘हान्गुल’ विश्वको सबैभन्दा बढी बोलिने भाषा मध्ये १७ औं स्थानमा रहेको छ ।

‘हान्गुल’ विश्वब्यापी हुनमा कोरियाली पपलाई श्रेय दिइएको छ । के-पपको ठूलो लोकप्रियताका कारण विभिन्न देशमा ‘हान्गुल’दोस्रो वा तेस्रो भाषाको रूपमा सिकिरहेका छन् ।राजा सेजोंग इन्स्टिच्यूटले जनाए अनुसार संसारमा कोरियन भाषा सिक्नका लागि संचालन गरिएको कक्षाहरु गत बर्ष ६० हजार भन्दा बढी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *