‘अमेरिकी फौज चाहिदैन, हाम्रो भुमी छोड्’ भन्दै अमेरिकी राजदूतको निवासमै छिरेर दक्षिण कोरियालीले गरे प्रदर्शन

कोरिया समाचार

सोल । अमेरिकी फौज आफ्नो देशमा छिरेको भन्दै दक्षिण कोरियाली विद्यार्थीहरु अमेरिकी राजदूतको निवासमै छिरेर प्रदर्शन गरेका छन् । यसरी प्रदर्शन गर्ने १९ प्रदर्शनकारीलाई यहाँको प्रहरीले पक्राउ गरेको छ ।

कोरियाका लागि राजदूत ह्यारी हरिसको निवासको पर्खालमा उक्लिएरै उनीहरु कम्पाउन्डमा छिरेका थिए । प्रदर्शनकारीको समूह सोलस्थित राजदूतको निवासमै छिरेका हुन् । उनीहरुले प्रदर्शनको क्रममा अमेरिकालाई आफ्ना फौज फिर्ता लैजान माग गरेका छन् ।

‘यो भूमि छोड, हरिस’ नारा लेखिएको ब्यानर समेत उनीहरुले प्रदर्शन गरेका थिए । प्रहरीका अनुसार २० जना जति कोरियन नागरिक राजदूत ह्यारीको निवासमा अवैध रुपमा छिरेका थिए । ‘हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगर’, ‘बाहिर जाऊ’, ‘हामीलाई अमेरिकी फौज चाहिँदैन’ जस्ता नारावाजी गर्दै उनीहरुले प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *