नेपाली पत्रकारको अन्तराष्ट्रिय सम्मेलन दक्षिण कोरियामा हुने

कोरिया समाचार

काठमाडौं- नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सम्मेलन कोरियामा हुने भएको छ।अन्तराष्ट्रिय सम्बन्ध समितिको आइतबार काठमाडौंमा बसेको बैठकले कोरियामा अन्तराष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो।पछि मिति निश्चित गर्ने गरी उक्त निर्णय गरिएको पत्रकार महासंघ दक्षिण कोरियाका पूर्वअध्यक्ष खेम कार्कीले जानकारी दिए।आगामी कार्यदिशा तयार गर्न कोरियामा बैंठक गर्ने निर्णय गरेको समितिले जनाएको छ।

विश्वभरका नेपाली पत्रकारहरुको सहभागितामा सम्मेलन हुने कार्कीले जानकारी गराए।अन्तराष्ट्रिय समितिको आइतबार बसेको बैठकले सदस्यहरुले उठाएको विषयहरुको छलफल गर्ने निर्णय समेत गरेको छ। शाखा संचालनसम्बन्धी नियमावली संसोधन प्रस्ताव समेत तयार गर्ने समितिले जनाएको छ।बैंठकमा दामोदर नेपालले मध्यपूर्वको प्रतिवेदन,आङछिरिङ शेर्पाले यूरोप,अमेरिका लगायतका मुलकको प्रतिवेदन पेस गरेका थिए।

पत्रकार महासंघ कोरिया शाखा अध्यक्ष रञ्जनराज कुँवरले आफूहरु पहिले देखि नै पत्रकारहरुको विश्वस्तरीय सम्मेलन गर्ने तयारीमा रहेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *