कोरियाको ह्वासंङ स्थित फरानमा यो सिजनको सर्बाधिक चर्चामा रहेको नेपाली कथानक चलचित्र कबड्डी कबड्डी कबड्डी प्रदर्शन हुने भएको छ ।
ह्वासङ नेपाली परिवार दक्षिण कोरियाको आयोजनामा आउदो नोभेम्बर ३ तारिखका दीन उक्त चलचित्र प्रदर्शन हुन लागेको हो ।नेपाल तथा कोरियाका बिभिन्न क्षेत्रमा सफल रुपामा प्रदर्शन भैरहेको उक्त चलचित्र ह्वासंङ क्षेत्रमा आइपर्ने बिभिन्न समस्या समाधानको निमित्त कोष संकलनार्थ प्रदर्शन गर्न लागिएको ह्वासङ नेपाली परिवार दक्षिण कोरियाले बताएको छ।
राजधानी सौल देखि केहि टाढा रहेको उक्त संस्थाले बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । केहि महिना पहिला कोरिया स्थित नेपाली दुतावासको सहकार्यमा जापान देखि मनोरोग बिशेषज्ञ डा. बिजय ज्ञावालीलाइ आमन्त्रण गरि एकदिने मानसिक रोग तथा तनाब ब्याबस्थापन सम्बन्धि कार्यक्रमको आयोजना गरेको थियो । त्यस्तै केहिदीन पहिला ह्वासङ प्रहरीको संयुक्त प्रयासमा नेपालको रात्रि स्कुल नन्दीलाई १० वटा कम्प्युटर सहयोग गरेको थियो । यसको अलावा ह्वासङ प्रहरी संगको सहकार्यमा ह्वासङ क्षेत्रमा बिभिन्न सरसफाइको भोलुन्टीयर कार्यक्रमहरु पनि गर्दै आइरहेको छ ।
चलचित्र कबड्डी कबड्डी कबड्डी प्रदर्शनको लागि सम्पूर्ण तयारि पुरा भएकोले उक्त दीन ह्वासंङ आसपास रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भै भरपुर मनोरन्जन लिनुहुन संस्थाले हार्दिक आमन्त्रण गरेको छ ।रामबाबु गुरुङ द्वारा निर्देशित यस फिल्ममा दयाहाङ राई , उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमल मणि नेपाल, अरुणा कार्की पोखरेल, रिस्मा गुरुङ, पुस्कर गुरुङ, कबिता आले, डक्टर सिंह गुरुङ, शिला खनाल, मणि के.राई लगायतको अभिनय रहेको छ ।
चलचित्र प्रदर्शन सम्बन्धि थप जानकारी –
मिति – नोभेम्बर ३, २०१९ आइतबार
समय – दिउसो ठिक १ बजे देखि
स्थान – फरान सिजाङ , लालीगुराँस रेस्टुरेन्टको ठिक पारिको हल – ( पोस्टरमा दिइए बमोजिम )