ईपिएस कामदारले थाहा पाइराख्नु पर्ने अति उपायोगी जानकारीहरु

कोरिया समाचार

१. म आफनो सेवा अवधि सकेर नेपाल फर्कदै छु । म फर्कने दिन रातो विदा पर्छ, एयरपोर्टमा थेजिकमको पैसा बुझ्ने काउण्टर बन्द हुन्छ कि हुदैन ?

जवाफः विदाका दिन पनि एयरपोर्टका थेजिकम बुझ्ने काउटर खुला हुन्छन् रातो विदाले कुनै फरक पर्दैन् ।

२. म कोरियामा ४ बर्ष १० महिना पुरा गरेर स्वदेश फर्कदै छु । म फेरी कोरिया आउन के गर्नु पर्ला ?

कोरियामा ३ बर्ष काम गरेपछि पनि पुनः १ बर्ष १० महिनाको करार अवधि थप भई, आफनो करार सकिनु अगावै स्वदेश फर्कने कामदारले सि.बि.टि. परीक्षा ( कम्प्युटरमा आधारित परीक्षा) उत्तिर्ण गरेर पुन कोरिया आउन सक्दछन् । यसरी कोरिया आउन चाहने कामदारको उमेर ३९ बर्ष ननाघेको हुनु पर्छ । तर कम्पनी परिवर्तन नगरी एउटै कम्पनीमा ४ बर्ष १० महिना काम गरेको कामदार भए, रोजगारदाताले चाहेमा इमान्दार कामदारको रुपमा करार अवधि समाप्त हुनु अघि स्वदेश फर्केमा यसरी स्वदेश फर्केको ३ महिना पछि पुनः कोरियामा कामदारको रुपमा (सोही कम्पनीमा) प्रवेश गर्न सक्दछन् । यसरी आउने कामदारलाई उमेरको हद लाग्दैन तथा उसले भाषा परीक्षा पनि दिनु पर्दैन् ।

३. मैले साहुबाट लेटर लिएर कम्पनी परिवर्तन गर्न पाउने अवधि तीन महिना भित्र स्वदेश (नेपाल) विदामा जान चाहन्छु, मैले के गर्नु पर्ला ?

उत्तरः कम्पनी परिवर्तनको अनुमति रोजगार सेवा केन्द« ( नोर्दम्बु) प्राप्त गरेको कामदार स्वदेश विदामा जान चाहने कामदारले आफू स्वदेश कति अवधिको लागि जाने हो ,सो कुराको जानकारी रोजगार सेवा केन्द« ( नोर्दम्बु) मा गराई सो अवधिमा आफूलाई मेसेज नपठाउनु होला भनि अनुरोध गर्ने । स्वदेश विदामा जांदा अनिवार्य रुपमा रोजगार सेवा केन्द« ( नोर्दम्बु) बाट प्राप्त अनुमति पत्र लिएर जाने तथा फर्केर आउंदा साथै लिएर आउने । अध्यागमनले सोधपुछ गरेमा सो अनुमतिपत्र देखाउने ।

४. बिदामा घर जांदा मैले नेपालमा श्रम स्वीकृति लिनु पर्छ कि पर्दैन ?

आफूले यस अघि कोरिया प्रवेश गर्दा श्रम स्वीकृति ५ बर्षको लिएको छ भने बिदामा घर जांदा श्रम स्वीकृति लिनु पर्दैन । तर ३ बर्षको लिएको हो भने पुनः श्रम स्वीकृति लिनु पर्छ । आफनो श्रम स्वीकृति कति बर्षको छ भनेर जान्नका लागि आफनो राहदानीको पछिल्लो पानामा टांस गरिएको श्रम स्टीकर हेर्नु हुन मेरो सुझाव छ । सामान्यतः २०१२ नोबेम्बर पछि कोरियामा रोजागारीका लागि आउनु भएकाहरुको श्रम स्वीकृति ५ बर्षको रहेको छ । कोरियामा रोजगार गर्नेहरुले श्रम स्वीकृति लिनका लागि ई.पि.एस.शाखा ग्र्वाकोमा सम्पर्क राख्नु पर्छ

५. मेरो राहदानी हस्तलिखितमा श्रम स्वीकृति थियो, हाल मैले नयां एम.आर.पि. लिए के गर्ने ?

हस्तलिखित राहदानीमा श्रम स्वीकृति लिएको तर हाल कोरियामा एम.आर.पिं लिएको भए पनि केही फरक पर्दैन् । आफू स्वदेश जांदा र फर्कदा हस्तलिखित राहदानी समेत साथै लिई वातागाता गर्ने ।

६. स्वदेश फर्कने दिन विमानस्थलबाट बीमा रकम लिन के गर्नु पर्छ ?
(बीमा कम्पनी साम्सुंगवाजेमा बीमा रकम भुक्तानीका लागि आवेदन गर्ने बेलामा विमानस्थलबाट भुक्तानी लिने भनेर उल्लेख गरेर आवेदन गर्ने । बिमा कम्पनीबाट सो सम्बन्धी कागजात अर्थात् बिमा रकम भुक्तानी प्रमाण उपलब्ध हुन्छ । उक्त प्रमाण सुरक्षित राख्ने । (स्वदेश फर्कने दिन पासपोर्ट(राहदानी),हवाई जहाजको टिकट, बिमा कम्पनीबाट प्राप्त बिमा रकम भुक्तानी प्रमाण विमानस्थलमा रहेको सम्बन्धित बैकमा पेश गर्ने । सम्बन्धित बैंकले जांच गरी सके पछि रकम भुक्तानीको लागि सटही आदेश पत्र (चेक) उपलब्ध गराउने छ । अध्यागमनको जांचबुझ शाखा पार गरेपछि डियुटी फ्रि (करमुक्त पसल) नजिकै रहेको मुद«ा सटही काउण्टरमा गई बैंकले दिएको सटही आदेश पत्र (चेक) बुझाए पछि तोकिए बमोजिमको आफूले चाहेको विदेशी मुद«ामा रकम प्राप्त गर्न सक्नेछन् । बुझाए पछि तोकिए बमोजिमको आफूले चाहेको विदेशी मुद«ामा रकम प्राप्त गर्न सक्नेछन् ।

७. कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले बीमा रकम कसरी प्राप्त गर्ने ?

कारणवश स्वदेश फर्कनु अगाडि बीमा रकम भुक्तानीकालागि आवेदन नगरेको प्रवाशी मजदुरले आफनो देश फर्के पछि ई.पि.एस. (हाल ग्र्वाको ललितपुरमा) शाखामा निवेदन दिएर बिदेशी मुद«ा प्राप्त गर्न मिल्ने खाताको माध्यमबाट रकम प्राप्त गर्न सकिन्छ । (यस पटक नियम परिवर्तन गरी बिमा रकम भुक्तानी अवधि समाप्तिलाई २ बर्षबाट बढाएर ३ बर्ष बनाईएको छ ।

८. मेरो नाममा नेपालमा घर जग्गा छ । त्यो घर जग्गा म बेच्न चाहन्छु तर अहिले म नेपाल जान सक्दिन, के गर्ने ?

आफनो नाममा भएको घर जग्गा बेचबिखन वा नामसारी गरी दिन वा हक भोग अरुलाई दिन आफू तत्काल स्वदेश जान नसकेको खण्डमा अधिकृत वारेशनामाको माध्यमबाट बेचबिखन गर्न सकिन्छ । यस्तो अधिकृत वारेशनामा नेपालबाट मगाई, आफूले राजदूतावासमा उपस्थित भई, सहिछाप गरी , प्रमाणित गराई पठाएमा आफू नगए पनि गए सरह काम गर्छ । यस्तो वारेशनामा कानूनले वारेश हुन मिल्ने जो कोहीलाई पनि दिई कार्य सम्पन्न् गर्न सकिन्छ ।

९. मेरो श्रीमति (वा श्रीमान्) लाई कोरिया घुम्न मगाउन चाहन्छु के गर्ने ?

ईपिएस कामदारका रुपमा ई ९ भिसामा कोरियामा आएका कामदारहरुले आफनो परिवार झिकाउने सुविधा सामान्तया प्राप्त गर्दैनन् ।

१०. कृषिमा कोरिया आएको कामदारले सि.बि.टि दिएर उत्पादन तर्फ आउन पाउंछ कि पाउदैन् ?

सि.बि.टि परीक्षा भनेको कम्प्युटरमा आधारित परीक्षा हो । ३ बर्ष पुरा गरी थप समय काम गरेर आफनो भिसा अवधि छदै स्वदेश फर्केको तथा ३९ बर्ष उमेर नपुगेको कामदारले यो परीक्षा दिन पाउंछ । यो परीक्षाको फारम भर्दा नै आफू कुन क्षेत्रमा जान चाहेको हो ? उल्लेख गरी कृषि क्षेत्रमा काम गरेकाले पनि उत्पादन क्षेत्रमा जान पाउछ ।

११. मेरो करारको (Contract) कम्पनी भन्दा फरक कम्पनीमा लगेर साहुले काममा लगाई राखेको छ के गर्ने ?

आफूले जुन कम्पनीमा काम गर्न भनेर आएको हो त्यही कम्पनीमा काम गर्नु पर्ने हुन्छ । फरक कम्पनीमा काम गर्नु जोखिमयुक्त हुन्छ । साहुले फरक कम्पनीमा काममा लगाएमा साहुसंग आफनो कुरा राख्ने । नमानेमा सम्बन्धित निकाय अर्थात् नोर्दबुमा समेत जान सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *