कोरियामा सामुहिक भाइटिका लगाइदै ,उपस्थितिको लागि सम्पूर्णमा अनुरोध

कोरिया समाचार

बिसेषगरी हिन्दु धर्मालम्बीहरुको महान चाड शुभ दिपावली तथा भाइटिकाको अवसर पारेर दक्षिण कोरियामा पनि सामुहिक भाइटिका लगाइने भएको छ । कोरियामा स्थापित महिलाको लागि महिला संस्था ( वुमन फर वुमन) को आयोजनामा नोभेम्बर ३ तारिखको दीन तिहार बिसेष शुभकामना आदानप्रदान तथा सामुहिक रुपमा बृहत तरिकाले भाइटिका लगाईने भएको हो ।

चाडबाडको बेलामा प्रवासमा रहदा बस्दा हुने नैराश्यपनालाई कम गर्न तथा आफ्नो संस्कृतिको जगेर्ना गर्न उक्त कार्यक्रमको आयोजना गरिएको संस्थाले बताएको छ ।नेपाली पात्रो अनुसार भाइटिका केहि दीन पहिलेनै पर्ने भएतापनि प्रवासमा छुट्टीको समय मिलाउनु पर्ने हुदा ३ तारिख आयोजना गरिएको बताइएको छ । उक्त दीन कोरियामा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ ।

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ। दाजु यमराजलाई विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ ।

कार्यक्रम बारे थप जानकारी
स्थान – दर्शन नमस्ते रेस्टुरेन्ट हल
समय -बिहान ११ बजे देखि
मिति – नोभेम्बर ३ तारिख आइतबार

Leave a Reply

Your email address will not be published. Required fields are marked *