केहीदिन पहिला कोरियामा एउटा बिषयले निकै चर्चा पायो । लामो समय कोरियामा रही नेपाल र नेपालीको हितमा काम गर्दै आइरहेकी कोरियाको सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (एनसिसि कोरिया ) कि अध्यक्ष अन्जु केसी पक्राउ परिन । उनि यो बिषयमा पक्राउ परेकी थिइन कि उनको भिषा अबधि समाप्त भैसकेको थियो ।यो बिषयले दुइचार दीन निकै चर्चा पायो ।
कसैले फेसबुकमा सत्तो -श्राप पनि गरे, कसैले उनले कोरियामा रहेर नेपाल र नेपालीको लागी गरेको योगदानको प्रशंसा पनि गरे । तर बिस्तारै यो चर्चा हराउदै गयो । उनको पक्राउ पछिको अबस्था के कस्तो छ, उनि कहाँ छन्? यी कुराहरु खासै बाहिर आएन ।उनले कोरियामा रहेर बुद्व प्रतिमा राखी नेपाल चिनाउने तथा दुख र अफ्ठ्यारोमा परेका नेपालीहरुलाई गरेको सहयोग उच्च रहेको बताइन्छ । उनकै पालामा एनसीसी कोरियाले कोरियन सरकारमा दर्ता समेत पायो ।
कोरियामा एनआरएनको चुनाब जित्न होस वा अन्य केहि संस्थाले आफुलाई माथि पुर्याउन होस, धेरैले उनलाई गोटीको रुपमा प्रयोग पनि गरे । हिजोको दीनमा निकै हाई हाई पनि गरे । तर आज परिस्थिति अलि बदलियो समय परिबर्तन भयो ।उनि केहि समयको लागी अलिकति निर्धो जस्तो देखिन पुगिन ।तर दुखको कुरा त यो छ कि उनी पक्राउ परि हिरासतमा राखिएको पनि २ हप्ता नाघिसक्यो उनलाई सत्तो- श्राप गर्नेहरुको त कुरै छाडौ उनीहरुलाई जीवनमै यस्तो दुखको दीन दीन त आइपर्दैन होला ।
तर हिजोका दीनमा अन्जुको नाममा निकै हाइहाइ गर्ने उनैलाई गोटी बनाइ चुनाव जित्नेहरुपनि यतिका दीन बितिसक्दा उनको अबस्था बुझ्न वा भेट्न समेत पुगेका रहेनछन । हुन त मान्छे भनेको चाहिदाको लागि हो अब उनको कसैलाई आबस्यकता छैन भने भेट्नु र अबस्था बुझ्नु जरुरि पनि नभएर होला ।तर पनि कोरियन संघ संस्थाहरु भने प्रसस्तै भेट्न गएका रहेछन ।हुन त कोरियामा यस्ता भिषा नभएकाहरु धेरै छन् सबैलाई भेटेर सम्भब पनि नहोला ।तर पनि उनले यसबाट आफु दुखि नभएको बताइन ।
उनले आफुलाई कोरियन प्रहरीमा सिंगो गरि नेपाल फर्काउन जुन हर्कत गरियो त्यसमा पनि आफ्नो गुनासो नरहेको र आफ्नो सामाजिक कार्यमा यस्ता केहि कु-तत्वका कारण कुनै बिचलन नआउने दृढ विश्वास समेत दिलाइन ।हाल हिरासतमा रहेकी उनि सम्पूर्ण कागजपत्र मिलेपछि नेपाल फर्किदैछन । त्यसको लागि अझै एक हप्ता जति लाग्न सक्ने बताइन ।
आजको भेटमा उनले आफ्नो पछिल्लो अबस्थाले अलिकति पनि बिचलित नभएको बताइन । अहिले उनलाई कोरियाको ह्वासंङ स्थित बिदेशी हिरासत गृहमा राखिएको छ उनी पहिले जस्तै सामान्य अबस्थामा छन् । करिब एक घन्टाको भेटमा उनले नेपाल फर्किएपनि आफु सधै सामाजिक कार्यमा लगिहरने बताइन । हिरासत भित्र पनि उनले सामाजिक कार्य गर्दै रहेछन यो कुरा त्यहा कार्यरत कोरियनले बताउदै थिए ।
उनले त्यहाँ भित्र भाषा अनुवादकको रुपमा काम गर्दै आइरहेको रहेछन । भर्खर कोरिया आइ बिभिन्न कारणले हिरासतमा परेका बिदेशीहरुलाई आफ्नो देशमा फोन गर्न वा आफ्नो मान्छेहरुलाई सम्पर्क गर्न कलिंग कार्ड हरु उपलब्द गराउदै आएको समेत बताइन ।” सम्पूर्णमा आउदैगरेको तिहारको शुभकामना ब्याक्त गर्दछु । सम्पूर्ण कोरियावासी नेपालीलाई धेरै धेरै मिस गरेको छु ” यो संदेश उनले मिडिया मार्फत सम्पूर्ण नेपाली समक्ष पुर्याइदिन आग्रह समेत गरिन ।“दुइ हप्तामा सम्म नेपालीको मुख देख्न नपाएको जीवनमा पहिलो पटक हो ” उनको यो शब्दले साच्चिकै भाबुक बनायो ।
यो खबर हेल्लो नेपाल कोरिया डट कममा किशन गौतमले लेखेका हुन।