गत असोज २४ गते शुक्रबार कोरियामा दुखद निधन भएका सुर्खेतका एक युवाको शव नेपाल पुर्याईएको छ।कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका २ घर भई कोरियाको थेजन ख्वाङ्यक-सीमा रहेको एक कम्पनीमा कार्यरत २३ वर्षीय थिरबहादुर दर्लामीको शव आज नेपाल पुगेको हो।कम्पनीमा काम गर्दै गर्दा माथिबाट सामान खसेर गम्भिर चोट लागेका दर्लामीको उपचारकै क्रममा निधन भएको थियो।
दक्षिण कोरियाको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी आज मात्रै दर्लामीको शव नेपाल ल्याईएको मृतकका दाजु धनबहादुर दर्लामीले जानकारी दिएका छन् ।अविवाहित मृतक दर्लामीको शव सुर्खेत समाज दक्षिण कोरियाका अध्यक्ष लोकेश खत्री लगायतको टोलीले आज नेपाल पठाएको हो। उनको शव अन्तराष्ट्रियविमानस्थलबाटै गृह जिल्ला लगिने आफन्तले जानकारी दिएका छन्।
दर्लामीको शव बुझ्नको लागि उनका आफन्तजन लगायत विभिन्न मिडियाका पत्रकारहरु विमानस्थल पुगिसकेका छन् भने विमानस्थलमा उनका आफन्त, साथीभाइहरू शोकाकुल बनेका छन्।
हिमाली टाईम्स डटकमबाट