कोरियाबाट नेपाल पैसा पठाउँदा नेपालमा स्कूटर उपहार!

कोरिया समाचार

काठमाडाैं- दक्षिण काेरियाबाट रेमिटट्यान्सकाे कार्य गर्दै आएकाे हानपास रेमिट्यान्सले उपहार हस्तान्तरण गरेकाे छ।शुक्रबार इपिएस कार्यालय ललितपुर ग्वार्कोमा गरेकाे एक कार्यक्रममा काेरियाबाट रकम पठाउने दुई जनाकाे परिवारकाे सदस्यलाई उपहार हस्तान्तरण गरिएकाे हाे।

गत सेप्टेम्बर ५ मा अटाे सफ्टवेयर लक्की ड्रबाट खोलिएको चिठ्ठामा सुश्री लक्षिमा लिम्बु र श्री बिबेक तामाङले उक्त बम्पर उपहार जितेका थिए।हानपास रेमिट्यान्सले आफ्नो साझेदार इजि लिङ्क र सनराइज बैंकसंगको सहकार्यमा संयुक्त दुई जना भाग्यशाली ग्राहकहरुको लागि दशै बम्पर उपहार राखेकाे थियो।

हानपास दशै बम्पर उपहार अन्तर्गत नेपाल पैसा पठाउने २ जनाका परिवारकाे सदस्यलाई इजि लिङ्क रेमिट्यान्सका ब्रान्ड एम्बेस्डर तथा संचारकर्मी रबि लामिछानेले स्कुटरको चाबी हस्तान्तरण गरेका थिए।

साे अवसरमा बडा दशै, तिहार, नेपाल सम्बत् तथा छठ पर्वको शुभकामना आदानप्रदान समेत गरिएकाे थियाे। उक्त कार्यक्रममा हानपास रेमिट्यान्स कोरिया, सनराइज बैंक तथा इजि लिङ्कका प्रतिनिधिहरुका साथै हालै कोरियाबाट फर्केका युवाहरूकाे बाक्लो उपस्थित रहेको थियो।हानपास रेमिट्यान्सले सेवाकाे सुरुवात देखि नै निरन्तर सरल,सुलभ, सहज र विश्वासिलाे रेमिट सेवा प्रदान गर्दै आएकाे कम्पनीकाे दाबी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *