कोरियामा T-Money रिचार्ज गर्ने तरिका (भिडीयो सहित)

कोरिया समाचार
गुरुदत्त न्यौपाने,

कोरिया हरेक कुरा डिजिटलाईजेसन गरेको मुलुक हो।यहाँ हरेक काम एटिएम अथवा बिभिन्न कार्डहरुबाट गर्न सकिन्छ।नेपालमा जस्तो नगद पैसा गोजीमा बोकीराख्नुपर्ने झन्झट कोरियामा छैन।यस्ताकुराहरु हामी नेपालीहरुलाइ सुरुसुरुमा नौलो र पृथक हुनेहुँदा यसको प्रयोग कोरिया आएको शुरुवाती दिनहरुमा केही असजिलो,अफ्ठ्यारो महशुस हुने गर्दछ।

आज कोरियामा यातायात कार्ड अर्थात टि-मनी रिचार्जका केही तरिकाहरुको बारेमा चर्चा गर्न लागेका छौँ।हुनत कोरियामा आएर केही समय बिताईसक्नुभएका हरुका लागी यो कुरा नौलो हुदैन तर कोरिया छिर्दै गरेका तथा कोरिया भर्खर भर्खर छिरेका साथीहरुको लागीभने यो महत्वपुर्ण हुने देखेर केही कुराहरु सेयर गरौँ भन्ने उद्देश्यले आज उल्लेखित बिषयमा चर्चा गर्न लागेका हौँ।

रिचार्ज मेशिन

T-money कार्ड ( 교통카드 ) कहां पाईन्छ त ?

कोरियामा नयाँ हुनुहुन्छ र यातायात कार्ड छैन भने चिन्ता नगर्नुहोस।यो कार्ड कोरियाका हरेक ठाउँहरुमा उपलब्ध हुन्छ।कोरियामा कन्भेनियन स्टोर्स ( 편의점 ) हरु हरेक ठाउँहरुमा हुन्छन । 7-ELEVEN ,CU,GS24,MINI STOP जस्ता थुप्रै चेन स्टोर्सहरु कोरियाका गाउँगाउँ सम्म समेत फैलिएका छन ।त्यहाँ गएर 교통카드 ( T-MONEY ) कार्ड किन्न र रिचार्ज समेत गर्न पाईन्छ।साथै ट्रेन स्टेसन का केही पसलहरुमा पनि यो कार्ड बेच्न राखिएको हुन्छ ।

के एटिएम बाटै T-Money को प्रयोग गर्न सकिन्छ ?

एटिएम बाटै यातायात कार्ड यानिकी टि-मनी को प्रयोग गर्न सकिन्छ ।तर यसका केही निस्चित प्रकृयाहरु पुर्याएर प्रयोग गर्नुपर्ने हुन्छ।सर्वप्रथम आफुसंग भएको एटिएम डेबिट कार्ड (चेक कार्ड) हो कि क्रेडिट कार्ड (신용카드) हो बुझ्नुपर्ने हुन्छ ।पहिले बैङ्क अकाउन्ट खोल्दा नै दुबै कार्ड बनाउदा सोध्नेगर्छ टि-मनी प्रयोग गर्नुहुन्छ कि हुदैन भनेर यदि तपाईले प्रयोग गर्ने भन्नुभएमात्र यसलाई टि-मनी कार्ड को रुपमा प्रयोग गर्न सक्नुहुनेछ ।त्यसमा पनि डेबिट कार्डबाट टि-मनी चलाउदा आफुले त्यो कार्डमा छुट्टै रिचार्च गर्नुपर्ने हुन्छ भने क्रेडिट कार्डबाट चलाउदा तपाईले रिचार्च गर्नुपर्दैन महिनाभरी त्यो कार्ड प्रयोग गरेर कती खर्च गर्नुहुन्छ त्यो रकम आफ्नो खाताबाट एकैचोटी बैङ्कले काटने गर्छ ।

T-Money रिचार्ज गर्ने कसरी ?

यातायात कार्ड ( T-Money) आफुसंग भईसकेपछी (क्रेडिट कार्ड बाहेक ) रिचार्ज गरिराख्नुपर्ने हुन्छ ।कन्भेनियन्स स्टोर ( 편의점) तथा रेलवे/मेट्रो स्टेशनमा रिचार्ज गर्न सकिन्छ।कन्भेनियन्स स्टोरमा रिचार्ज गर्नको लागी टि – मनी कार्ड दिएर रिचार्ज कति रकम गर्ने हो जानाकारी दिएर रिचार्ज गरिदिन आग्रह गर्दा हुनेछ भने मेट्रो स्टेशनमा भने आफै रिचार्ज गर्नुपर्ने हुन्छ।

 

चित्रमा देखाए अनुसार कार्ड रिचार्ज,बृ्दहरुका लागी कार्ड,तथा एकपटक को लागी मात्र टिकट लिने भन्ने कुनै अप्सनमा थिचेर भाषा छनोट गर्न सकिन्छ।

मेट्रो स्टेशनमा T-Money रिचार्ज कसरी गर्ने त ?

कोरियाका हरेक सव- वे स्टेसन मा T- Money रिचार्ज गर्ने मेसिनहरु उपलब्ध हुन्छन ।सव-वे स्टेशनमा T-Money रिचार्ज गर्नको लागी केही प्रकृयाहरु जान्नुपर्ने हुन्छ।त्यसका प्रकृयाहरुको बारेमा तल चर्चा गरौँ।

सव-वे स्टेशनमा बिभिन्न प्रकारका मेशिनहरु हुने गर्छन।स्टेशनमा रिचार्ज गर्ने मेसिनहरु केही फरक भएतापनि प्रयोग बिधीभने समान हुने गर्दछ।पछिल्लो समय नयाँ प्रबिधीमा आएको मेसिनबाट रिचार्ज संगै एकपटक मात्र प्रयोग गर्न सकिने टिकट ( 1회용 교통카드) पनि लिन मिल्छ भने पुरानो प्रबिधीमा पहिले विकास भएको मेसिनमा छुट्टाछुट्टै हुने गर्छ।स्टेशनमा हुने T -Money मेसिन फोटोमा हेर्नुहोस।

रिचार्ज गर्ने तरिका।

१. T – money रिचार्ज गर्नको लागी सुरुमा आफुसंग भएको कार्ड तल फोटोमा देखाईए जस्तै रिचार्ज गर्ने मेसिनमा लेखिएको (교통카드 충전하는 곳) मा राख्नुहोस ।
२ . त्यसपछी स्कृनमा भाषा छनोट गर्नुहोस।विशेषगरी कोरियन,अङ्ग्रेजी,चाईनिज र जापानीज भाषामा प्रयोग गर्न सकिन्छ।यहाँ कोरियन भाषा प्रयोग गरी रिचार्ज गर्न सिकाईएको छ।
३ . कार्ड मेसिनमा राख्ने बित्तिकै कती पैसा रिचार्ज गर्ने हो त्यो अप्सन छनोट गर्नुहोस।

रिचार्ज मेशिन

४ . रकम छनोट गरिसकेपछी 지폐 넣는 곳 लेखिएको ठाउँबाट आफुले छनोट गरेको रकम मेसिनमा घुसाउनुहोस।
५ . छनोट रकम भन्दा बढी घुसाउनु भएमा जति छोट गर्नुभएको हो त्यो बाहेक बाँकी पैसा मेसिनले फिर्ता पठाउछ।
६ . पैसा घुसाउदा खम्चिएको घुसाउनु भएमा मेसिनले फिर्ता गरिदिन्छ।त्यसलाई राम्रोसंग मिलाएर घुसाउनुहोस।
७ . पैसा घुसाईसके पछाडी केही समयमा कार्ड रिचार्ज हुन्छ।त्यसपछी बिल चाहिएमा 영수증 출력 गर्नुहोस र कार्ड निकाल्नुहोस।

बाँकी प्रकृया तल भिडियोमा देखाईएको छ।हेर्नुहोस।

यदि स्टेसनमा रिचार्ज गर्न जानिएन भने स्टेसन कर्मचारीको सहयोग लिनुहोस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *