गुरुदत्त न्यौपाने /सउल , दक्षिण कोरियामा जाडो मौषम शुरु भएसंगै तापक्रम घटदो क्रममा रहेको छ।यो सिजन सुरु भएसंगै आजको सउलको तापक्रम शुन्य डिग्री मापन गरिएको कोरिया मेट्रोलोजिकल एडमिनिस्ट्रेसन (के.एम.ए) ले जनाएको छ।सउल र यस आसपासका क्षेत्रमा आईतबारको तापक्रम शुन्य डिग्रीमा झरेको थियो।आईतबार बिहान फाजु तथा सुवन क्षेत्रमा तुसारो परेको थियो।

कोरियाको मौषम विज्ञान बिभागले जनाएअनुसार सउल तथा सुवनको दक्षिणी भेगमा बिहान शित परेसंगै त्यहाँको तापक्रम शुन्य डिग्री मापन गरिएको थियो ।गत बर्ष अक्टोबर १२ मा सउलको तापक्रम शुन्य डिग्री मापन गरिएको थियो भने यसपल्ट करिब १५ दिन ढिला भएको के.एम.ए ले बताएको छ।

सोमबार बिहान ख्यङ्गिदो का बिभिन्न ठाउँहरुमा शितलहर संगै केही ठाउँहरुमा बरफ जम्ने के.एम.ए ले जनाएको छ।शितलहर लाग्ने भएसंगै सोमबार बिहान अत्यधिक चिसो हुने संकेत देखिएकोेले न्यानो कपडा तथा तातो पदार्थहरु सेवन गर्न सुझाईएको छ।
